२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यउमेर नपुग्दै कपाल फुल्यो ? अब के गर्ने ?

उमेर नपुग्दै कपाल फुल्यो ? अब के गर्ने ?


आजकाल कपाल झर्ने, चायाँ पर्ने र असामान्यरुपमा फुल्ने एक आम समस्या बनेको छ। यो कुरा साँचो होकी बढ्दो उमेर सँगै कपाल फुल्नु स्वभाविक हो। तर कपाल असामान्य रुपमा फुल्नुका कारण पोषणको कमी, प्रदूषण, तनाव आदि हुन्।

जब हामी उचित आहार नलिन असमर्थ हुन्छौं शरीरमा पोषक तत्वको कमी हुन जान्छ । यस्तो अवस्थामा हामीले कपाललाई सेतो हुन् नदिन के गर्ने त ?

१. कपाललाई बाक्लो र स्वस्थ बनाउनको लागि साताको २ दिन मेथीको पानीबाट कपाल पखाल्नुहोस। त्यसको लागि मेथीलाई रातभर भिजाएर राख्ने र बिहान त्यसै पानीको प्रयोग गरी कपाल धुनुहोस्।

२. खान पिउनमा परिवर्तन ल्याउन पाैष्टिक आहार खाने । त्यसमा तपाई दहि, हरियो तरकारी, गाजर, केरा आदि खान सक्नुहुनेछ।

३. कपाल रुखो भएमा मेथीको बियालाई पिनेर नरिवलको तेल मिसाएर लगाउन सकिन्छ। जसले कपाललाई चमकदार बनाउँछ। तोरीको तेल र नरिवलको तेलले कपाललाई लामो समयसम्म मुलायम राख्छ।

४. कालो तिल वा तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो ।

  • हरेक दिन एक चम्चा कालो तिलको बिउलाई कम्पतिमा पनि तीन महिनासम्म सेवन गर्नुस् ।
  • आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् ।

. प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ ।

  • एउटा काँचको कचौरामा प्याज र कागतीको रस मिलाउनुस् ।
  • आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् ।
  • ३० मिनेटपछि एक हल्का हर्बल स्याम्पूले धुनुस् ।
  • प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ ।

६. सकेसम्म केमिकलयुक्त हेयर कलर गर्नु हुँदैन। कपालमा रङ लगाउँदा केहि समयको लागि मात्रै रङ्गीन देखाउंछ तर त्यसपछि झनै फुलेर आउँछ।

७. कपालको लामो समयसम्म स्वस्थ राख्न अमलाको उपयोग गर्न सक्नुहुन्छ। अमलालाई आहारमा मात्र हैन मेहेन्दीमा मिलाएर पनि लगाउनु राम्रो हुन्छ।

. अमलालाई नरिवलको तेलमा पनि मिसाएर लगाउन सकिन्छ। जहिले पनि केमिकलरहित घरेलु औषधी कपालमा लगाउनु पर्दछ जसले जसले कपाललाई फुल्न दिंदैन।

९. घरेलु औषधीमा मेहेन्दी। चियापतीको पानी, मेथी, दहि इत्यादि पर्दछ। यसले कपाललाई आवश्यक तत्व मिल्छ र कपालको रङ पनि आकर्षक हुने गर्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ