२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्यान्सरबाट बच्न खानुहोस अनार, यस्ता छन् ५ फाइदा

क्यान्सरबाट बच्न खानुहोस अनार, यस्ता छन् ५ फाइदा


अनार एक रसीलो फल हो। यसको रङ र फाइदाको कारण प्रायले यो फललाई रुचाउँछन। अनारले शरीरमा रगत बढाउँन मद्दत गर्छ। यसलाई नियमित खाने हो भने रगतको कमी (एनेमिया) लाई टाढा भगाउँछ। यसबाहेक अनारका कयौं फाइदाहरु छन्।

१. कोशिकालाई पुग्ने हानिबाट बचाउ

मेडिकल न्यूज टुडेको एक रिपोर्टका अनुसार अनारको रसमा अन्य फलफूलको रसको तुलनामा उच्च स्तरको एन्टिआक्सीडन्ट हुन्छ। यसमा रेड वाइन र हरियो चिया भन्दा तीन गुणा बढी एन्टिआक्सीडन्टहरू छन्। यस अवस्थामा, अनारले कोशिकाबाट हुने क्षति रोक्छ।

२.  पाचनप्रणालीको लागि उपयुक्त

यदि तपाईमा पाचन सम्बन्धि समस्याहरू छन् भने तपाईको लागि अनार लाभदायक हुन सक्छ। अनार राम्रो पाचनशक्तिको लागि धेरै फाइदाजनक हुन्छ। अनारको रसले आन्द्रा सुनिन कम गर्न सक्छ र पाचनप्रक्रियामा सुधार गर्न मद्दत गर्दछ।

३. स्मरणशक्ति बढाउँछ

केही अनुसन्धानले देखाउँदछ कि दिनहुँ अनारको रस पिउँदा व्यक्तिले सिक्ने क्षमता विकास गर्दछ। साथै, उनको स्मरणशक्तिमा पनि सुधार गर्न सक्दछ।

४. मुटुबिरामीको लागि राहत

अनारको रसले मुटुसँग जोडिएको रोगबाट पनि बच्न सकिन्छ । सधै एक अनारको सेवनले क्यान्सर हुने आशंकाबाट बच्न सकिन्छ । अनारको रसले रगत प्रवाहलाई सुधार गर्ने र धमनीहरूलाई कडा  र बाक्लो हुनबाट बचाउँने केहि अध्ययनहरुमा उल्लेख गरिएको छ । यसले कोलेस्ट्रोलको उत्पादनलाई सुस्त बनाउँछ। तर अनारले रक्तचाप र स्टेटिनजस्ता कोलेस्ट्रोल औषधिहरूमा भने नकारात्मक प्रतिक्रिया दिन सक्छ। यस्तो अवस्थामा व्यक्तिले डाक्टरको सल्लाहमा मात्र यसलाई आहारमा समावेश गर्नुपर्दछ।

५. यौन जीवन प्रभावकारी

एक अनुसन्धानका अनुसार महिला र पुरुष सधै अनारको जूस पिउँछन् भने उनीहरुको यौन जीवनसमेत प्रभावकारी हुन्छ । अनारको जुस सेवन यति लाभदायक छ कि यसबाट टेस्टास्टेरानको मात्र तिव्ररुपमा बढ्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ