२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ एक डोज लगाए पुग्ने जोनसन कम्पनीको भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी

एक डोज लगाए पुग्ने जोनसन कम्पनीको भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी


कोरोना महामारीको अन्त्य गर्न विश्वका कयौं देशमा खोप अभियान कार्यक्रम सुरु भएको छ। यसैबीच अमेरिकी नियामकले जोन्सन एण्ड जोनसनको सिङ्गल डोजको भ्याक्सिन प्रभावकारी देखिएको जनाएको छ।

उनीहरुको अनुसार केहि दिनमै सो भ्याक्सिनले अनुमति पाउने प्रबल सम्भावना छ। कोरोनाबाट बच्न अधिकांश मानिस भ्याक्सिनको डोज लिने गर्छन। प्राय अनुमति प्राप्त भ्याक्सिनहरुको एउटा व्यक्तिलाई दुई डोज दिने गरिएको छ। तर जोनसन एण्ड जोनसनको एक डोज नै काफी रहेको अमेरिकाको एफडीएको भनाइ छ।

उनीहरुको अनुसार यो भ्याक्सिनको माध्यमबाट गम्भीर चरणको संक्रमणलाई रोक्नको लागि करिब ६६ प्रतिशत प्रभावी छ। तर यसको डोज पुरारुपले सुरक्षित रहेको उनीहरको दाबी छ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा उल्लेख गरिए अनुसार जोनसनको यस भ्याक्सिनको खोप अभियान तीव्ररुपमा अघि बढ्ने छ। एफडिए अमेरिकाको लागि तेस्रो भ्याक्सिनलाई अनुमति दिनेवाला छ। शुक्रबार एजेन्सीको स्वतन्त्र सल्लाहकार यस विषयमा चर्चा गरी अन्तिम फैसला सुनाउने छन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ