२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्य२३ वर्षको उमेरमै ११ सन्तानको आमा बनिन् क्रिस्टिना, १०५ सन्तानको लक्ष्य

२३ वर्षको उमेरमै ११ सन्तानको आमा बनिन् क्रिस्टिना, १०५ सन्तानको लक्ष्य


रुसकी क्रिस्टिना २३ वर्षको उमेरमा ११ सन्तानको आमा बनिसकेकी छिन्। पहिलो सन्तान उनले १७ वर्षको उमेरमा जन्माइन। पछिल्लो १० महिनामा अन्य १० सन्तान सरोगेसीबाट जन्मिए।

खासमा उनको श्रीमान ओज्टर्क चाहान्छन कि उनको १ सय ५ जना सन्तान होस्। उनी भन्छिन्, ‘अझै कति सन्तान हुन्छन थाहाँ छैन तर हामी यतिकैमा रोकिने छैनौँ।’

क्रिस्टिना मस्कोमा आफ्नो ५६ वर्षीय श्रीमानसँग बस्छिन। उनको श्रीमान एक व्यापारी हुन्। उनले भनिन, ‘ हामी दुबैजना सेरोगेसीबाट कति सन्तान जन्मन्छन त्यो हेर्न चाहान्छौं।’ सरोगेसीबाट जन्मिएको पहिलो सन्तानको नाम मुस्ताफा हो। उनको जन्म १० मार्च २०२० मा भएको थियो र १० आयौं सन्तानको जन्म १६ जनावरी २०२१ मा भएको हो।

क्रिस्टिना एक ‘सिंगल मदर’ हुन्। ६ वर्ष अघि उनले आफ्नो पहिलो छोरी जन्माइन। त्यसको केहि वर्ष पछि छुटी मनाउन उनी जर्जिया गएकी थिइन्। त्यही उनले ग्यालिपलाई भेटिन। क्रिस्टीनाका श्रीमान पहिलेबाट नै विवाहित थिए। उनीहरुको प्रेमसम्बन्ध त्यहीबाट अघि बढ्यो। क्रिस्टिना हसिली र थोरै लजालु भएको कारण आफुलाई खुब मनपरेको ग्यालिप बताउँछन। ग्यालिपसँग प्रेम सम्बन्धमा रहेपछि आफ्नो छोरी लिएर उनीसँगै बस्न थालिन। श्रीमानको धेरै सन्तान छन्। तर मलाई कुनै समस्या छैन यो कुराले। हामी दुवैले धेरै सन्तान जन्माउने सल्लाह गर्यौं। यसरी नै सरोगेसीबाट परिवारको सुरुवात भयो।’ ,उनले भनिन।

‘सबै बच्चाको हेरचाहको लागि भिन्न तालिका बनाएका छौँ। बच्चाहरु बेलुका ८ बजे सुत्ने र ६ बजे उठ्ने गर्छन। उनीहरुलाई हेर्ने न्यानी सन्तानसँग सम्बन्धित कुराहरु लेख्ने गर्छिन।’ ,उनले भनिन।

के हो सेरोगेसी ?

जोर्जियामा १९९७बाट सेरोगेसी लागु भयो। सेरोगेसीको लागि एक महिला र एक दम्पतिबीच सम्झौता हुन्छ जो आफ्नो सन्तान चाहान्छन। सामान्य शब्दमा भन्नु पर्दा बच्चा जन्माउनको लागि एक महिलाको कोख भाडामा लिने। जुन महिला कुनै दम्पतीको सन्तान आफ्नो कोखबाट जन्म दिन तयार हुन्छिन ती महिलालाई सेरोगेसी मदर भनिन्छ। क्रिस्टीनाको अनुसार एक सन्तान जन्माउदा ७ लाख रुपैयाँ लाग्छ।

क्रिस्टीना भन्छिन, ‘जुन क्लिनिकको मद्दतबाट हामी परिवार बन्न सफल भएको छौँ त्यहाँ हाम्रो लागि महिलाको चुनाव हुन्छ। कानुनी प्रकिया पछि महिलाले हाम्रो सन्तानको आमा बनाउछिन्। हामी ती महिलाको सम्पर्कमा भने हुँदैनौं। तर क्लिनिकबाट अपडेट पाउने गर्छौं। हाम्रो ध्यान महिलाको स्वास्थ्य अवस्थामा हुन्छ।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ