२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यचिकित्सकलाई विश्वकै सबैभन्दा बढी तलब दिने यी हुन् १० राष्ट्र

चिकित्सकलाई विश्वकै सबैभन्दा बढी तलब दिने यी हुन् १० राष्ट्र


चिकित्सकहरुले पैसा कमाउन कै लागि चिकित्सा क्षेत्र चुनेको हुन्छन भन्ने हुँदैन। यद्दपी, राम्रो पारिश्रमिकले परिवार र स्वयम लागि गुणस्तरीय जीवन जिउनको लागि मद्दत मिल्दछ। तर यति धेरै वर्षको अध्ययन, परीक्षा र नातिजा पार गरे पछि राम्रो पारिश्रमिक पाउने चाहाना कसको  हुँदैन र। यो लेखमा हामी ती देशको बारेमा चर्चा गर्ने छौँ जसले डाक्टरको लागि सन्तोषजनक पारिश्रमिक दिने गर्छन।

राम्रो पारिश्रमिकसँगै विदेशमा काम गर्नुको अन्य अद्भुत फाइदाहरु छन्।

  • व्यावसायिक सिपमा सुधार
  • चिकित्सा क्षेत्रप्रति तपाईको जोशमा थप उर्जा दिन्छ  मिल्ने
  • व्यक्तित्व विकास
  • नयाँ गैर-चिकित्सा सीपहरू सिक्ने मौका

सबै पारश्रमिक डलर र क्रय शक्ति समानता (पीपीपी) मा तुलनात्मक उद्देश्यको लागि देखाइन्छ। पीपीपी एक सैदान्तिक विनिमय दर हो जुन विभिन्न मुद्राहरुको क्रय शक्तिको तुलना गर्ने अनुमति दिन्छ र फरक-फरक देशमा निम्नलिखित पारश्रमिकमा सिधा तुलाना गर्ने अनुमति दिन्छ।

निम्नलिखित पारिश्रमिक विशेषज्ञ र जीपीको लागि औसत पारिश्रमिक हो जसमा दुई संयुक्त औसतको आधारमा र्यान्किंग हुने गर्छ। पारिश्रमिक मुख्यरुपमा ओइसीडी (आर्थिक सहयोग र विकास संगठन) स्विस फेडरल अफ पब्लिक हेल्थ अफिस अफ फिजीशियन क्षतिपूर्ति र डक्सिमिटी रिपोर्टबाट संकलन गरिएको छ।

१. लक्समबर्ग

लक्समबर्ग यस्तो राष्ट्र हो जहाँ विशेषज्ञले विश्वकै सबैभन्दा बढी तलब पाउँछन। यहाँ एउटा विशेषज्ञले ३ लाख ५२ हजार ३ सय डलर र जीपीले २ लाख ७८ हजार सय डलर पारिश्रमिक पाउँछन।

यो एउटा सानो राष्ट्र हो। लक्समबर्ग आफ्नो छिमेकी देश जर्मनी र फ्रान्सबीच सांस्कृतिक सम्बन्ध छ। र यहाँ राष्ट्र भाषा, जर्मन र फ्रान्सेली भाषा बोलिने गरिन्छ। यस देशमा जीपी र विशेषज्ञ दुबैको लागि असाधारण उच्च तलब दिन्छन्।

२. संयुक्त राज्य अमेरिका

एक विशाल विविधता भएको राष्ट्र हो संयुक्त राज्य अमेरिका। अमेरिकाले ठुलो व्यावसायिक विकासको अवसर प्रदान गर्दछ। अमेरिका दोस्रो राष्ट्र हो जहाँ चिकित्सकले उच्च पारिश्रमिक पाउँछन। यहाँ विशेषज्ञको ३ लाख ५० हजार ३ सय अमेरिकी डलर पाउँछन। भने जीपीले २ लाख ४२ हजार ४ सय अमेरिकी डलर पाउँछन। अमेरिकामा काम गर्ने सोचमा हुनहुन्छ भने पहिला तपाई ३ चरण USMLE परीक्षा दिनुपर्ने हुन्छ।

३ ) बेल्जियम

बेल्जियममा विशेषज्ञलाई ३ लाख ३१ हजार २ सय अमेरिकी डलर र जीपीलाई १ लाख ३८ हजार ७ सय डलर तलब तोकिएको छ।
बेल्जियमलाई फ्रेन्च, फ्लेमिश र केहि जर्मन बोलिने भागमा विभाजित गरिएको हुन्छ।

४. जर्मनी

जर्मनी १० देश मध्य चिकित्सकलाई बढी तलब दिने राष्ट्र चौथों स्थानमा पर्छ। जर्मनी बस्नको लागि सस्तो लागत , शानदार भोजन र स्वागत गर्ने संस्कृति भएको मुलुकको नामबाट परिचित छ। यहाँ विशेषज्ञको लागि तलब २ लाख २२ हजार ७ सय अमेरिकी डलर र जीपीको लागि २ लाख १४ हजार ७ सय डलर तोकिएको छ।

५. क्यानडा

नाटकीय परिदृश्य, सांस्कृतिक शहर, स्वच्छ हवा, परिश्रम-जीवनको ठुलो सन्तुलन भएको मुलुक हो क्यानडा । शायद जाडोयाममा बेहोस हुने मुटुको लागि हैन क्यानडा। क्यानडालाई लगतार विश्वको उत्कृष्ट देशको सूचीमा स्थान दिइदै आएको छ। यो विश्वव्यापी असाधारण रूपमा उच्च गुणस्तरीय जीवन, प्रगतिशील राजनीतिक वातावरण र राम्रो अर्थव्यवस्थामा भएको देश मानिन्छ। यहाँ विशेषज्ञको तलब २ लाख ४९ हजार अमेरिकी डलर र जीपीको तलब १ लाख ५८ हजार २ सय रहेको छ।

६. स्विट्जरल्याण्ड

स्विट्जरल्याण्ड एक यस्तो देश हो जहाँ मनमोहकदृश्य, खेल र चकलेटको लागि प्रख्यात छ। तर यो देश निकै महँगो मानिन्छ। यहाँ विशेषज्ञको तलब २ लाख २८ हजार अमेरिकी डलर र जीपीको तलब १ लाख ७२ हजार ८ सय तोकिएको छ।

७. आयरल्याण्ड

विशेषज्ञ र जीपी दुवैको लागि उत्कृष्ट भुक्तानी गर्ने देशमध्य आइरल्याण्ड पनि एक हो। जहाँ विशेषज्ञले १ लाख ९ हजार डलर र जीपीले १ लाख ६४ हजार ७ सय सम्म पारिश्रमिक पाउँछन।

८. अष्ट्रिया

हिमाल, ताल, महानगरी शहरहरू र शास्त्रीय संगीत।यीसबैमा धनी छ – अष्ट्रिया। जर्एमन भाषा सिकेका चिकित्कसको लागि त्यहाँको वातावरण निकै सहज हुन्छ। यहाँ विशेषज्ञको तलब २ लाख १३ हजार २ सय अमेरिकी डलर छ भने जीपीको लागि १ लाख ४१ हजार ५ सय अमेरिकी डलर रहेको छ।

९.नेदरल्याण्ड

नेदरल्याण्ड गुणस्तरीय जीवनशैलीको लागि उपयुक्त मानिन्छ। यहाँ प्राय मानिस साइकलना आवतजावत गर्छन। यहाँ विशेषज्ञको तलब २ लाख ३ सय अमेरिकी डलर पर्न जान्छ भने जीपीले १ लाख ३७ हजार ५ सय अमेरिकी डलर पारिश्रमिक पाउने गर्छन।

१०.अष्ट्रेलिया

अधिकांश देशबाट काम गर्न जानको लागि प्रायको रोजाईमा पर्छ अष्ट्रेलिया। किनभने यस मुलुक राम्रो मौसम, उच्च पारिश्रमिक, कडा परिश्रम, व्यस्त जीवनशैली र घुम्ने मौकाको लागि उपयुक्त मानिन्छ। यहाँ विशेषज्ञको लागि २ लाख १०हजार ८ सय र जीपीको लागि १ लाख ४ हजार ३ सय अमेरिकी डलर पारिश्रमिक तोकिएको छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ