२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित

११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित


काठमाडौं—यूनिभर्सल पीस फेडेरेसन (युपीएफ)ले ११ जना चिकित्सकलाई सम्मान गरेको छ । होटल याक एण्ड यतिमा शनिबार एक कार्यक्रममाझ युपीएफले कोभिड—१९ महामारीका बेला फ्रन्टलाइनमा रहेर बिरामीमा उपचार संलग्न ११ जना प्रतिनिधी चिकित्सकलाई सम्मान गरेको हो ।

सम्मानित हुने चिकित्सकहरुमा डा. सागर राजभण्डारी, डा. सुवास आचार्य, डा. सन्तकुमार दास, डा. विपिन नेपाल, डा. रोशनकुमार झा, डा. अनुप बाँस्तोला, डा. सौरभ श्रेष्ठ, डा. रुना झा, डा. शेरबहादुर पुन, डा. रक्षा पाण्डे र डा. समीरकुमार अधिकारी रहेका छन् ।

यस्तै, कार्यक्रममा राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त सम्मान प्रदान गरिएको थियो । कोभिड—१९ का बेला अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मी कान्तिपुर दैनिकका अतुल मिश्र र नागरिक दैनिकका राम सुवेदी पनि सम्मानित भएका छन् ।

सम्मानित स्वास्थ्यकर्मी तथा पत्रकारलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सम्मान गरेका थिए । सो क्रममा उनले कोभिड—१९ महामारीका क्रममा जोखिम मोलेर काम गर्ने चिकित्सकहरुको योगदानको उच्च सम्मान गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ