२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्व मिर्गौला दिवसमा प्रत्यारोपण खेलकूद प्रतियोगिता हुने

विश्व मिर्गौला दिवसमा प्रत्यारोपण खेलकूद प्रतियोगिता हुने


काठमाडौं—विश्व मिर्गौला दिवसको अवसरमा स्वास्थ्य अभियान नेपालले ११ औं नेपाल प्रत्यारोपण खेलकूद आयोजना गर्ने भएको छ । २७ फागुनमा विश्व मिर्गौला दिवसको अवसर पारेर अखिल नेपाल फुटबल संघको फुटबल मैदानमा नेपाल प्रत्यारोपण खेलकुद, अन्तरक्रिया कार्यक्रम, निःशुल्क मिर्गौला परीक्षण तथा अंगदान शिविर संचालन हुने आयोजकले जनाएको छ ।

नेपाल प्रत्यारोपण खेलकुदअन्तर्गत प्रत्यारोपित तथा अंगदाताको टोली र चिकित्सक, नर्स, पत्रकार, कलाकार, समाजसेवीलगायत टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुनेछ । विजेता टिम र उत्कृष्ट फुटबलरलाई नगद पुरस्कारको व्यवस्था समेत गरिएको छ ।

कार्यक्रममा नेपालमा पहिलो पटक दोस्रो मिर्गौला प्रत्यारोपण गर्ने, कलेजो प्रत्यारोपण गर्ने, दुई परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण गर्ने, मस्तिष्क मृत्युबाट प्राप्त अंगदानबाट प्रत्यारोपण गर्ने र अंगदाता तथा तीनका परिवारलाई विशेष सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कोभिड—१९ लाई ध्यानमा शुभचिन्तक र विशेष गरी प्रत्यारोपितहरुलाई सामाजिक दूरी कायम गरेर कार्यक्रममा भाग लिन आव्हान
आयोजकले गरेको छ ।

अंग प्रत्यारोपितहरु पनि अरु व्यक्ति सरह स्वस्थ र सक्षम छन् र सबैले अंगदान गर्न सके कोही पनि अंग फेल भएका व्यक्तिहरु अकाल मृत्युको शिकार बन्न पर्दैन भन्ने सन्देश दिन प्रत्येक वर्ष प्रत्यारोपण खेलकुदको आयोजना गरिंदै आएको छ ।

यसपटकको विश्व मिर्गौला दिवस ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऊ’ भन्ने नाराका मनाइदैंछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ