२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यखेलाडीहरुलाई स्वास्थ्य उपचार प्रदान गर्न नेपाल मेडिसिटी र एन्फाबीच सम्झौता

खेलाडीहरुलाई स्वास्थ्य उपचार प्रदान गर्न नेपाल मेडिसिटी र एन्फाबीच सम्झौता


ललितपुर—नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा द्वीपक्षीय सम्झौता भएको छ । खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट र उच्चस्तरीय उपकरणसहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासँग सम्झौता गरेको हो ।

यस सम्झौताअनुसार नेपाल मेडिसिटी अस्पतालले एन्फासँगको सहकार्यमा खेलाडीहरुको सुस्वास्थ्य एवं आरोग्यमा विशेष ध्यान पु¥याएर उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि अब्बल बनाउने अभियानमा नेपाल मेडिसिटी अस्पतालको स्पोर्टस् मेडिसिन विभागले सहयोग गर्नेछ । खेल कार्यक्रमहरुमा आकस्मिक तथा प्रारम्भिक स्वास्थ्य उपचारको सारथीका रुपमा अस्पतालले सक्रिय भूमिका निभाउनेछ । साथै, अस्पतालले खेलाडीहरुलाई उपचारका क्रममा क्यासलेस सेवा समेत प्रदान गर्नेछ ।

सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा एन्फा महासचिव इन्द्रमान तुलाधर र नेपाल मेडिसिडी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. राज राणा, फिजियोथेरापिष्ट जयराम महर्जन, मार्केटिङ विभागका नवीन बज्राचार्य उपस्थित रहेका थिए ।

त्यस्तै, नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले स्वदेशमै सम्पूर्ण उपचार उपलब्ध गराउने उद्धेश्य राखेको अस्पतालले राष्ट्रका गहना मानिने खेलाडीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा गौरवान्वित भएको प्रतिक्रिया दिए ।


क्याटेगोरी : अन्य, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ