२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्मार्टफोनको लतले विश्वका दुई तिहाईभन्दा बढी मानिसमा निन्द्राको समस्या

स्मार्टफोनको लतले विश्वका दुई तिहाईभन्दा बढी मानिसमा निन्द्राको समस्या


विश्वभरका करिब एक तिहाई युवावर्ग स्मार्टफोनको लतको शिकार भएको एक अध्ययनले देखाएको छ  । जसले गर्दा युवा वर्गहरुमा निन्द्रासँग सम्बन्धित समस्याहरु त देखिनै रहेको छ। यसको साथै कयौं अन्य रोगको खतरा पनि बढ्दै गएको छ।

दिनमा तपाई कति समय आफ्नो फोनलाई लिनुहुन्छ। नियमित रुपमा सामाजिक संजालमा सूचनाहरु जाँच गर्नुहुन्छ फोनमा म्यासेज आउने बित्तिकै तपाई छिटो भन्दा छिटो उत्सुक हुँदै हेर्न लागि पर्नु हुन्छ। यी सारा कुरा तपाईमा पनि हुन्छ भने तपाईलाई फोनको लत छ। र यस्तो लत हुने तपाई मात्र होइन। विश्वका करिब एक तिहाइ युवा यो रोगबाट ग्रसित छन्।

किङ्गस कलेज लन्डनद्वारा जारी गरी एक नयाँ अध्ययनमा यसकुराको खुलासा गरिएको छ । अनुसन्धानकर्ताका अनुसार १ हजार ४३ जना यस अध्ययनमा समावेश गरिएको थियो। यी दाताहरुको उमेर १८ देखि ३० वर्षको बीचको थियो।

तीमध्ये करिब एक तिहाई युवावर्गहरु स्मार्टफोनको लतको लक्षण देखिएको हो । उनीहरुमध्ये ३९ प्रतिशतमा फोनलाई लिएर नियन्त्रण गुम्ने जस्ता लक्षण देखिएको छ।

मानिसको निन्द्रा खराब गर्दै फोन

अनुसन्धानकर्ताहरुको अध्ययनमा समावेश भएका स्मार्टफोनको लतले गर्दा दुई तिहाईभन्दा बढी जनतालाई निन्द्राको समस्या भइरहेको छ। ती मानिसहरु राम्रो निन्द्राको लागि तड्पिएका छन्। यूएस सेन्टर फर डाइसेज कन्ट्रोल र प्रिभेन्शनका अनुसार उनीहरुको समस्या जीवनमा गम्भीर रूपमा प्रभावित गर्न सक्दछ। यो अध्ययन अनुरूप जुन व्यक्ति राति स्मार्टफोन अति प्रयोगले कम निन्द्रा र दिनको थाकानसँग जोडिन्छ। सुत्ने समयमा फोन नजिक राख्दा र उपयोग गर्दा सर्केडियन लय की को प्रणालीमा परिवर्तन ल्याउने विज्ञहरुले उल्लेख गरेका छन्।

यसरी भयो अध्ययन

किंग्स कलेज लन्डनका अनुसन्धानकर्ताद्वारा गरिएको यस अध्ययनको निष्कर्ष फ्रन्टियर्स इन साइकाइट्री जर्नलमा प्रकाशित भएको थियो। अध्ययनमा अनुसन्धानकर्ताहरूले उनीहरूको निन्द्रा र स्मार्टफोनको प्रयोग सम्बन्धित दुई अनलाइन प्रश्नावलीबाट अध्ययनबाट पूरा गरे। युवावर्गमा स्मार्टफोनको लतको आकलन गर्नको लागि बनाइएको प्रश्नावलीबाट करिब ३९ प्रतिशत सहभागीमा स्मार्टफोनको लत पाइयो।

असर

फोनको लतलाई नोमोफोबियाको रूपबाट चिनिन्छ। किनकी कुनै पनि एलईडी स्पेक्ट्रम प्रकाश स्रोत मेलाटोनिनकोस्तर दबाउने काम गर्छ। मेलाटोनिन, दैनिक २४ घण्टा सर्कैडियन लयमा स्रावित हुने गर्छ जसलाई प्राय स्लिप हार्मोनको रूपबाट चिनिन्छ। यसको चरमस्तरको अर्थ हो हामी रातको समय राम्ररी सुत्ने गर्छौं।

उपाय

१. समय निर्धारित गर्ने

यस लतबाट बाहिर आउन सबैभन्दा अगाडी आफ्नो फोनलाई केहि समयसम्म बन्द गर्ने। जस्तो कि तपाई कुनै मिटिङ्ग, डिनर, बच्चासँग खेल्दा, ड्राइभिंगगर्दा फोन केहि समयको लागि बन्द राख्ने।

२. सामाजिक संजालको कम उपयोग

मोबाइलबाट केहि एप्लीकेशनको उपयोग सीमित गर्ने। तपाई आफ्नो मोबाइलबाट सामाजिक संजाल एप जस्तो फेसबुक र ट्विटरको उपयोग कम गर्ने।

३. ग्रेस्केलमा जाने

मनोचिकित्सक मेला रोबर्ट्सका अनुसार तपाई आफ्नो स्मार्टफोनलाई ग्रेस्केलमा(आधिकांश फोनमा उक्त सेटिङ्ग छ) परिवर्तन गर्नुहोस। यसले तपाईको एकाग्रतामा सुधार ल्याउँछ । बिहान उठ्नको लागि फोनको सट्टा पूरानो जमानाको अलार्म प्रयोग गर्नुहोस।

-एजेन्सी


क्याटेगोरी : अन्य, महिला/बाल स्वास्थ्य, सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ