२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ हङकङमा फाइजर-बायोएनटेकको खोपमाथि रोक

हङकङमा फाइजर-बायोएनटेकको खोपमाथि रोक


हङकङले प्याकिङ्गमा त्रुटी देखिएको आरोप लगाउँदै फाइजर-बायोएनटेकको कोरोना खोपमाथि रोक लगाएको छ। त्यहाँका स्वास्थ्य निर्देशक कांसटेन्स चानले बुधाबार खोपको प्याकिङ्गमा त्रुटी देखिएको र  जाँच नहुने समयसम्मको लागि खोपको प्रयोगलाई रोकेको जानकारी दिए ।

चीनले भ्याक्सिन कन्टेनर्समा क्रयाक देखिएको र केहि बोतलमा दाग भएकोबारे आन्तरिकरुपमा फोसुनलाई बताएको थियो  । त्यसपछि फोसुनले खोपको अझै जाँच गर्नुपर्ने भन्दै अर्को सूचना जारी नहुनेसमयसम्म अभियान नचल्ने उल्लेख गरेको हो।

तर हालसम्म यस उत्पादनबाट खतरा हुने कुनै पनि यस्तो कारण देखिएको भने छैन। फोसुनको मुख्य कम्पनी शंघाई फोसुन फार्मास्यूटिकलले  यसबारेमा जाँच हुने जनाएको छ।

यहाँका नागरिकलाई फ्रेवअरीमा सीनोभ्याक खोप दिइएको थियो। साथै बायोएनटेकको खोपको पनि प्रस्ताव दिइएको थियो। चीनको फार्मा कम्पनी फोसुन सँग सहकार्यमा हङकङ र मकाऊमा भ्याक्सिनको वितरण गरिएको थियो। भने, बायोएनटेकका सहय़ोगी फाइजरले चीनको बजारमा यसको वितरण सुरु गरेको हो ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ