२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुम्बईको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु

मुम्बईको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु


मुम्बई—मुम्बईको कोभिड अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । मुम्बईको भान्डुप क्षेत्रको एक मलमा रहेको अस्पतालमा बुधबार राति १२ बजे आगलागी भएको हो ।

उक्त आगलागीमा १० जनाको मृत्यु भारतीय सञ्चार माध्यम पिटीआईले जनाएको छ । अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई भने सकुशल उद्धार गरिएको छ ।

भान्डुप क्षेत्रको ड्रिम मल सनराइज अस्पतालमा आगलागी भएको हो । पाँच वटा तलाको उक्त मलको तेस्रो तलामा अस्पतालमा रहेको थियो ।
मुम्बईका मेयर किशोरी पेडनेकरले आगलागीको कारण अहिलेसम्म थाहा हुन नसेको बताएका छन् । उनले आफूले पहिलो पटक मलमा अस्पताल देखेको बताउँदैं यसमाथि कारवाही गरिने बताए ।

उनकाअनुसार कोभिडका बिरामीसहित ७० जना बिरामीलाई अर्को अस्पतालमा सिफ्ट गरिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ