२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यआधुनिक शल्यक्रिया सहज र कम खर्चमा गराउने विपी प्रतिष्ठानको प्रयास

आधुनिक शल्यक्रिया सहज र कम खर्चमा गराउने विपी प्रतिष्ठानको प्रयास


धरान – धरानस्थित वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विश्वस्तरीय शल्यक्रिया सहज र सस्तो बनाउने प्रयासमा लागिरहेको छ।

सामान्यतया शल्यक्रिया महङ्गो र पिडादायी हुन्छ तर वीपी प्रतिष्ठानका चिकित्सक भने बिरामीलाई सहज तरिकाबाट पिडा नहुने र सस्तो शुल्कमा शल्यक्रिया गर्न सकियोस् भन्नेमै जुटेको अस्पतालले जनाएको हो।

यसै सोचका साथ वि. पी.प्रतिष्ठानमा शल्यक्रिया सरल, सुरक्षित तथा सस्तो बनाउनका प्रतिष्ठानमा गाइनो ल्यापारोशकोपिक (दुरविन प्रविधीबाट गरिने शल्यक्रिया) सर्जनका रूपमा परिचित डा. अजय अग्रवाल र डा. मदन खड्का लागि परेका छन् ।

गत आइतबार पाठेघरमा मासु पलाएको (अ‍ैजेरू) को समस्या लिएर एक महिला विरामी शल्यक्रियाका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुगिन । हालै मात्र ताइवानबाट यस विषयमा फेलोसिप गरी नेपालमा सेवामा जुटेका डा. अग्रवाललाई डा. मदनले साथ दिदै उक्त विरामीको सोमबार नै सफल शल्यक्रिया गरिएको र मंगलबार डिस्चार्ज समेत गरीएको छ ।

डा. अग्रवालले नेपालमै गुणस्तरीय अत्याधुनिक शल्यक्रिया हुनुपर्ने र आम नेपाली जनताको पहुँचमा हुनुपर्ने बताए ।  ‘ताइवानमा सबैजसो शल्यक्रिया चाहे जटिल किसिमको होस या सामान्य किसिमको प्रायः सबै शल्यक्रिया दूरबीन प्रविधिबाट पेट नचिरिकन गरिन्छ । यसप्रकारका शल्यक्रियामा पेटमा घाउ हुँदैन, दाग बस्ने त कुरै भएन, बिरामीको घाउ पाक्ने सम्भावना कम हुने, दुखाई कम हुने, बिरामीलाई अस्पतालबाट चाँडै डिस्चार्ज गर्न मिल्ने, अप्रेसन पूर्वको स्थितिमा चाँडै पुग्ने थुप्रै फाइदा हुने गरेको छ।’ ,उनले भने ।

दुरविन प्रविधीबाट गरिने शल्यक्रिया पेट चिरेर गर्ने शल्यक्रिया भन्दा केही महङ्गो हुन्छ । यसमा लाग्ने औजार उपकरण सबैजसो विदेशबाट ल्याउनुपर्ने हुन्छ तर हामी बिरामीलाई कसरी कम खर्चमा गराउन सक्छौं त्यसमा बढी केन्द्रित रहेको डा. अग्रवालले बताए ।

डा. अग्रवालका अनुसार प्राय प्रयोगमा हुने महँगो उपकरण कमभन्दा कम प्रयोग गरी यो सेवा दिन आफ्नै तरिकाबाट गर्छौं र त्यसमा प्रतिष्ठान   सफल भएका छ । हप्तामा ४ -५ शल्यक्रिया गर्दै आइरहेको र भविष्यमा यो बढ्दै जाने क्रममा विश्वस्त रहेको उनले बताए ।

‘नेपालको अन्य अस्पतालहरूमा दुरविन प्रविधिबाट शल्यक्रिया गर्दा मोरसलेटर डिभाइसको प्रयोग हुन्छ । अटोमेटिक हुने यस डिभाइस खरिद गरी शल्यकृया गर्दा विरामीले महँगो शुल्क तिर्न पर्ने हुन्छ ।’ ,उनले भने, ‘तर हामीले दुरविनबाट समस्या हेरेर सानो प्वाल पारेर म्यानुअल रूपमा मासुको डल्लाहरूलाई काटेर लामो बनाएर त्यस प्वालबाट झिक्ने गरेका छौ ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ