२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना पुष्टि

भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना पुष्टि


नयाँदिल्ली—भारतमा एकैदिन ६२ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै भारतमा ६२ हजार २ सय ७६ नयाँ संक्रमित भेटिएका छन् ।

कोरोना कारण सबैभन्दा खराब अवस्था महाराष्ट्रको छ । त्यहाँ शुक्रबार मात्रै ३६ हजार ९ सय २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सचिन तेन्दुलकर पनि संक्रमित

पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनले शनिबार सोसल मिडियामा यसको जानकारी दिएका छन् । सचिनले आफ्ना परिवारका अन्य सबै सदस्यको रिपोर्ट नेगेटिभ रिपोर्ट आएको बताएका छन् ।

उनले आफूले कोरोनाबाट बच्नका लागि सबै उपाय अपनाएको र हल्का लक्षणपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उल्लेख गरे । कोरोना पोजेटिभ देखिएपछि उनी अहिले क्वारेन्टाइनमा बसिरहेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ