२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यलगातार छैटौं दिन भारतमा ५० हजार बढी कोरोना संक्रमित थपिए

लगातार छैटौं दिन भारतमा ५० हजार बढी कोरोना संक्रमित थपिए


नयाँदिल्ली—भारतमा लगातार छैटौं दिन ५० हजार बढी कोरोना संक्रमित थपिएका छन् । भारतीय सञ्चार माध्यमकाअनुसार पछिल्लो २४ घण्टामा ५६ हजार १ सय १९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३६ हजार ९ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २६६ जनाको मृत्यु भएको छ ।

भारतमा लगातार छैटौं दिन ५० हजार बढी नागरिक एकैदिन कोरोना संक्रमित भएका हुन् । शुक्रबार, शनिबार र आइतबार कोरोना संक्रमित हुनेहरुको आँकडा ६० हजारभन्दा बढी रहेको थियो ।

कोरोना संक्रमित हुनेहरुको संख्या बढेसँगै मुम्बईका निजी अस्पतालका ८० प्रतिशत कोभिड बेड भरिएका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ