२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकामा खोप लगाउने पालो युवाको

अमेरिकामा खोप लगाउने पालो युवाको


अमेरिकामा १९ अप्रिलबाट युवावर्गलाई खोप दिइने भएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडनले १९ अप्रिलमा ९० प्रतिशत युवावर्गमा  कोरोना खोप दिइने घोषणा गरेका हुन्।

अमेरिकामा खोप अभियान तीव्ररुपले चलिरहेको छ। सोमबार बाइडनले व्हाइट हाउसमा संवाददाताहरुसँग भने, ‘३ साता पछि १९ अप्रिलसम्ममा ९० प्रतिशत वयस्क खोपको लागि योग्य हुने घोषणा गर्दा मलाई निकै खुसी भैरहेको छ किनभने हामिसँग खोप छ।’

उनले भने, ‘युवाहरुले अब १ मेसम्ममा पर्खिनु पर्दैन। अन्तिम चरणमा पर्ने १० प्रतिशत युवाले पनि एक मे सम्ममा खोप प्राप्त गर्ने छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ