२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यगर्मीमा अनुहारलाई चम्किलो बनाउन लगाउनुस खरबुजाको फेस प्याक

गर्मीमा अनुहारलाई चम्किलो बनाउन लगाउनुस खरबुजाको फेस प्याक


गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ। यसले शरीरमा पानीको कमिले हुने समस्या र स्किन सम्बन्धि समस्याबाट मुक्ति दिलाउँछ। यसबाट तयार भएको फेसप्याक लगाउँदा त झन् स्किनको गहिराइदेखि नै पोषण मिल्छ। त्यतिमात्र नभई अनुहारमा भएको दाग-धब्बाको समस्यालाई समेत हटाउन मद्दत गर्छ।

कसरी बनाउने त फेस प्याक ?

१. दाग-धब्बा हटाउनको लागि

  • यसको लागि एक कचौरामा १ ठुलो चम्चा खर्बुजाको रस र काक्रोको गुदी मिसाउनु होस्।
  • सो पेस्ट अनुहार र गर्दनमा लगाएर १० मिनेटसम्म राख्नुहोस।
  • त्यसपछि चिसो पानीले धुनुहोस।
  • यसले स्किनको खराबीलाई हटाउछ।
  • त्वचाको गइराइसम्म पुगेर सफा गर्ने र अनुहारमा निखारता ल्याउँछ।

२. ड्राई स्किनको लागि

  • दुई चम्चा खरबुजाको रसमा १ चम्सा कागतीको रस वा मह मिसाउने।
  • तयार पेस्ट अनुहारमा लगाएर १० मिनेटसम्म राख्ने।
  • यसले मृत कोषिकालाई हटाउंछ।
  • स्किनको गइराइबाट पोषण मिल्छ।
  • ड्राई स्किनको समस्या हटाइ अनुहार सफा, चम्किलो, मुलायम र जवान बनाउँछ।

३. चमकदार स्किनको लागि

  • यसको लागि २ चम्चा खरबुजाको रस,मा दहि मिलाउनुहोस।
  • तयार मिश्रणलाई हल्का हातले मसाज गर्दै अनुहार र घांटीमा लगाउने।
  • १० मिनेटसम्म राखेर ताजा पानीले धुने।
  • स्किनमा जमेको फोहोर हट्छ।
  • दाग-धब्बा, डार्क सर्कल हटेर अनुहार सफा र चम्किलो बनाउँछ।

-एजेन्सी


क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ