२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनाबीचमा स्वस्थ राख्ने यी इम्युनिटी बुस्टर ड्रिंक्स

कोरोनाबीचमा स्वस्थ राख्ने यी इम्युनिटी बुस्टर ड्रिंक्स


आज विश्वभर कोरोना भाइरसको कहर छ। दिन प्रतिदिन केस बढि नै रहेका छन्। यस्तोमा यसबाट बच्नको लागि सबैलाई सामाजिक दुरीसँगै इम्यूनिटी बूस्टर सेवन गर्ने सल्लाह दिइदै छ। ताकि रोगसँग लड्न शक्ति बढोस्। आउनुहोस आज हामी शरीरको प्रतिरक्षा बढाउने र बिरामीको खतरा कम गर्ने आयुर्वेदको अनुसार केहि स्वस्थ पेय पदार्थको बारेमा गरौँ।

१. पालुंगो र गोडभेलाको जूस

पालुंगो र गोडभेलामा क्याल्सियम, भिटामिन सी, आइरन, पोटासियम, एन्टी-अक्सिडेन्ट्स गुण हुन्छ। यसको जुस पिउनाले इम्यूनिटी बलियो हुनुको साथै कोरोना भाइरसबाट पनि बचाउँछ। यसको लागि १/२ कप गोडभेला र पालुङ्गोको जुसमा १ सानो चम्चा अदुवाको रस मिलाएर पिउँदा हुन्छ।

२. बेसार मिसाएको दुध

दैनिक सुत्नु अघि मनतातो पानीमा थोरै बेसार मिलाएर खाँदा निकै फाइदाजनक हुन्छ। यसमा एन्टी -सेप्टिक, एन्टी-ब्याक्टेरियल, एन्टी-बायोटिक गुण हुन्ऐछ। यसले शरीरको जोर्नी र शरीरको अन्य भागमा हुने दुखाइको समस्याबाट मुक्ति दिलाउँछ। साथै कोरोना जस्तो गम्भीर भाइरसको चपेटामा आउने खतरा कम हुने गर्छ।

३. दही वा महि

गर्मीमा दहीको सेवन उत्तम मानिन्छ। उसले शरीरमा भएको गर्मीलाई हटाएर शितलता प्रदान गर्छ। इम्यूनिटी बढाउनुको साथै कयौं बिरामीबाट लड्ने शक्ति पनि प्रदान गर्छ। यस्तोमा सहदै एक कचौरो दहि वा मही सेवन गर्न सकिन्छ।

४. गाँठे र गाँजरको जुस

यसमा ल्यूटिन, बीटा-क्यारोटिन, अल्फा एन्टी-अक्सीडेन्ट, एन्टी-ब्याक्टेरियल गुण हुन्छ । यस्तोमा दुवैको जुस बनाएर पिउँदा इम्यूनिटी बूस्ट गर्मिन मद्दत पुग्छ। शरीरमा भएको फोहोर निकालेर राम्रो शारीरिक विकास हुन्छ। यसको जूस बनाउनको लागि दुवै कुरा बराबर मिक्स गरेर पिस्ने। उक्त तयार जुसमा थोरै कागती पानीको रस मिसाएर सेवन गर्ने।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ