२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यगर्मी मौसममा राम्री देखिन अपनाउनुहोस् यी ५ तरिका

गर्मी मौसममा राम्री देखिन अपनाउनुहोस् यी ५ तरिका


गर्मीयाम हरेक व्यक्तिको मनपर्ने मौसम नहुन पनि सक्छ। हालै मौसम बदलिने समय छ। मौसम बदल्नुको साथसाथै हाम्रो अनुहारको छालाको आबश्यकता पनि बदलिने गर्छ। हालै शुरु हुँदै गरेको गर्मी महिनाको समयमा सूर्यको कठोर किरणका कारण छालालाई नरम र चमकदार बनाई राख्न निकै गाह्रो हुने गर्छ।

धुलो र धुवाले झनै अनुहारलाई विगार्ने गर्छ।   आज हामी गर्मीमा तपाईको त्वचालाई कसरी चमकदार र नरम बनाउने भन्ने बारे जानकारी दिंदैछौ। यी ५ तरिकाबाट गर्मीमा स्किन केयर गर्नाले त्वचा स्वस्थ रहनुको साथै चमकदार पनि बन्ने गर्छ :

१. मह र जैतूनको तेल महको अविश्वसनीय चिकित्सा र मोइस्चराइजिङ्ग गुण हुन्छ। दोश्रो जैतुनको तेलमा एन्टीअक्सिडेन्ट र स्वस्थ फ्याट एसिड हुन्छ जसले त्वचा शान्त राख्न मद्दत पुर्याउँछ। कागतीको रसको केहि थोपाको साथमा मह र जैतुनको तेलको १/१ चम्चा मिश्रण बनाउनुहोस्। सामान्य तरिकाले आफ्नो शरीरको खुल्ला भाग र अनुहारमा लगाउनुहोस। त्यसको १५ मिनेट पछि तातो पानीमा भिजाइएको रुमालले पुस्नुहोस्।

२. दुध र महि लगाउनुहोस् दूध र महि प्राकृतिक मोइस्चराइज़रको जस्तै काम गर्छ। अनुहारको गहिराईको छिद्रमा समेत प्रवेश गर्ने गर्छ जसले अनुहारलाई कोमल र चमकदार बनाउँछ। यस बाहेक अनुहारको चाउरीपना हटाउन पनि मद्दत गर्ने गर्छ। चीसो दुधमा सानो कपासको टुक्रा भिजाएर हल्का हातले शरीर र अनुहारमा मालिस गर्नुहोस। ७ मिनेटसम्म यतिकै छाड्नुहोस्। त्वचालाई प्राकृतिक रूपमा मोइस्चराइजर गर्नको लागि नुहाउनु अघि दुई पटक लगाउनुहोस्।

३. टमाटरको उपयोग गर्नुहोस् गर्मीको समय आफ्नो अनुहार ताजा र कुल राख्नको लागि राम्ररी टमाटरको उपयोग गर्नुपर्दछ जुन एन्टीअक्सिडेन्टको स्रोत मानिन्छ। टमाटर र कागतीको रस मिसाएर आफ्नो अनुहारमा लगाउनुहोस्। त्यसपछि १० मिनेटको लागि छाड्ने त फेरी चिसो पानीले धुनुहोस। यो विधिले तपाईको अनुहारलाई हाइड्रेट गर्नुको साथै फ्रेस पनि राख्नेछ।

४. सनस्क्रीन लगाउन नविर्सनुहोस् जब बाहिर निसक्नुहुन्छ तब सनस्क्रीनको पर्योग गर्नुहोस । यो निकै महत्वपूर्ण छ किनभने सनस्क्रीनले तपाइको अनुहारलाई हानिकारक विकिरणबाट बचाउँछ।

५. घरमा बनेको फेस प्याकको प्रयोग गर्नुहोस घरमा दुध, महि, टमाटर र वेसार जस्ता सामाग्रीबाट तयार पारिएको फेस प्याक लगाउनाले साइडइफेक्ट गर्दैन र अनुहारलाई नरम र चम्किलो बनाउँछ।

–एजेन्सी


क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ