२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यपाचन प्रणालीलाई सधै स्वस्थ राख्न ध्यान दिनुपर्ने यी १२ कुरा

पाचन प्रणालीलाई सधै स्वस्थ राख्न ध्यान दिनुपर्ने यी १२ कुरा


हामी जब खानेकुरा खान्छौं तब शरीरसम्म पुर्‍याउने कार्य पाचन प्रणालीले गर्दछ। यसले हामीले खाएको खानालाई शक्तिमा परिणत गराइ पोषण दिने गर्छ जसले हाम्रो रोग प्रतिरोधक क्षमता (Immune System) बलियो बनाउँछ र हामीलाई रोगबाट टाढा राख्दछ। यदि पाचन प्रणाली खराब भयो भने हामीले जे खाएपनि त्यसलाई सहि ढंगले हाम्रो शरीरले पचाउन सक्दैन। जसकारण हाम्रो शरीरलाई चाहिने आवश्यक भिटामिन र खनिज प्राप्त गर्न सक्दैनौं। फलस्वरूप हाम्रो शरीर रोगले भरिन्छ।

हामीले सदैव हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न निम्न कुरामा ध्यान पुर्‍याउनु जरुरी छ।

१. अत्याधिक मात्रामा पानी पिउने

हाम्रो शरीरका लागि पानी नभई नहुने तत्व  हो। प्राय मानिस एकदमै कम पानी पिउने गर्छन। हाम्रो शरीरलाई दैनिक कम्तिमा पनि दुई लिटर पानी आवश्यकता पर्छ। यदि तपाइको पाचन प्राणाली ठिक छैन भने तपाई अत्याधिक पानी पिउने गर्नुहोस। यसले शरीरमा पानीको मात्रा पूरा गर्छ जसले पाचन प्रक्रियामा सजिलो पार्छ। यसकारण पानी पर्याप्त पिउने गर्नुपर्छ।

२. दिनचर्या सहि राख्ने

मानिसको लागि एक राम्रो दैनिकी हुनु निकै आवश्यक छ। यदि दिनचर्या सन्तुलन छैन भने दिनभरमा कयौं स-साना समस्याहरुको सामना गर्नुपर्दछ। दैनिक सहि समयमा खाना, खाजा खाँदा तपाईको शरीर पनि त्यहि आधारमा चल्छ। जसले पाचनप्रणाली दुरुस्त बनाउँछ।

३. राति ठिक समयमा सुत्ने

कयौं मानिस कामले गर्दा र व्यस्त दिनचर्याले गर्दा ढिलोसम्म सुतेको हुँदैनन्। छिटो नसुत्नाले बिहान उठ्ने समय पनि ढिला हुन्छ। ढिलासम्म उठ्ने बानीले पाचनतन्त्रमा विपरित प्रभाव पार्छ। त्यसकारण राति खाना खाएको केहि समयमा नै सुत्ने गर्नुपर्छ। यसको उपाय भनेको रातको समयमा ढिला बस्ने बानी हटाउने।

४. गहिरो र राम्रो निन्द्रा लिने

निन्द्राको हाम्रो शरीरसँग गहिरो नाता छ जसरी भोजन जरुरी छ। पर्याप्त निन्द्रा बिना स्वस्थ शरीर कल्पना गर्न पनि मुस्किल छ। कयौं मानिस कम समयमा पनि फिट रहन्छु भन्ने भ्रम राख्छन जुन गलत हो। त्यसकारण दैनिक ८ देखि ९ घण्टासम्म सुत्ने गर्नुपर्छ।

५. तनावबाट टाढा रहने

तनाव आज मानिसको दुश्मन बनेको छ। तनावले मानिसलाई भित्रभित्रै सिध्याउने गर्छ। जसले गर्दा मानिसलाई रोगहरुले घेर्छ। अत्याधिक तनावले पाचन प्रणाली खराब हुने गर्छ। यसलाई सकेसम्म कम गर्नु पर्दछ।

६. फास्ट फुडलाई बाई बाई गर्नुहोस

स्वाद लिन कसलाई मन पर्दैन र। तर, मिठो स्वादको चक्करमा हामी फास्ट फुड धेरै खान थाल्छौं। महिनामा कहिलेकाहीं मात्रै फास्ट फुड खाने गर्नुपर्छ। सधै खाँदा यसले पेटमा नकारात्मक असर गर्छ।

७. शारीरिक कार्य जरुरी

शारीरिक काम नहुँदा पनि पाचनतन्त्र खराब हुन्छ । यसकारण शारारिक कार्य गर्नु जरुरी छ। काम नै नहुँदा पनि बिहानपख हिडडुल गर्ने गर्नुपर्छ। यसबाहेक कयौं खेल र साइकलिंग गर्न सकिन्छ।

८. अत्याधिक मात्रामा खानेकुरा नखाने

आवश्यकताभन्दा बढी खाना खाँदा हाम्रो स्वास्थ्यलाई हानि गर्छ। यसले हामीलाई अपच हुन्छ। हामीलाई जति भोक लाग्छ त्यति नै खानुपर्दछ। कयौंपटक स्वादको चक्करमा अत्याधिक खाना खाँदा पछुताउनु पर्ने हुन्छ। खानेकुराभन्दा बढी प्राथमिकता आफ्नो शरीरलाई दिनुहोस। धेरै खाँदा पाचनप्रणालीमा अत्याधिक दवाव पर्छ।

९. सहि समयमा दैनिक भोजन गर्नुहोस्

सहि समयमा भोजन गर्नु राम्रो स्वास्थ्यको निसानी हो। ब्रेकफास्टदेखि डिनरसम्म तपाईको खाने निश्चित तालिका हुनुपर्दछ। एकै समयमा भोजन नगर्दा स्वास्थ्यमा समस्या निम्तिन्छ। खानेकुरा खाँदा राम्रोसँग चपाएर खानुपर्दछ ।

१०. खानपिनमा कमि नगर्नुहोस

यो प्राय सबैमा समस्या हुन्छ। जब एकदमै भोक लाग्छ तब केहि नखाने तर भोक नहुँदा धेरै खाने गर्नु हुँदैन। पिउनमा पनि कम गर्दा स्वास्थ्य स्वस्थ हुन् झनै मुस्किल हुन्छ।

११. मद्यपान र धुम्रपानबाट टाढा हुने

मद्यपान र धुम्रपानबाट सकेसम्म टाढा बस्नुपर्छ। यसले हाम्रो शरीरको अभिन्न अङ्गलाई असर पार्छ।

१२. लामो समयसम्म बसेर काम नगर्नुहोस्

यदि तपाई अफिसमा काम गर्दा लामोसमयसम्म कुर्सीमा बसेर गर्नुपर्छ भने प्रत्येक २ घण्टामा ब्रेक पनि लिने गर्नुहोस। लगातार एकै कुर्सीमा बस्दा हामीले खाएको भोजन पच्दैन। फलस्वरूप पाचनप्रणालीलाई नियन्त्रण गर्न मुस्किल हुने गर्छ।

स्रोत – ‘किन्युट्रेशनडटकम‘ र ‘द हेल्थलाइनडटकम’


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ