२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यफाइजर र एस्ट्राजेनेकाको खोप लगाएकाहरुमा २/३ महिनामै एन्टीबडीको स्तर घट्न सक्ने : अध्ययन

फाइजर र एस्ट्राजेनेकाको खोप लगाएकाहरुमा २/३ महिनामै एन्टीबडीको स्तर घट्न सक्ने : अध्ययन


फाइजर र एस्ट्राजेनेकाको पूर्ण खोप प्राप्त गरेकाहरुमा ६ साता पछि एन्टीबडीको स्तर कम हुँदै जाने एक अध्ययनले जनाएको छ। बेलायतको युनिभर्सिटी कलेज लन्डन ( यूसीएल )ले ‘भाइरस वाच’ अध्ययन गर्दा दुवै खोप प्राप्त गरेकाहरुमा ६महिना देखि एन्टीबडीको स्तर घट्न सुरु हुने देखिएको उल्लेख गरेको छ।

‘द ल्यासेन्ट जर्नल’मा प्रकाशित उक्त अध्ययनअनुसार एन्टीबडीको स्तर १० साताको अवधि अथवा २/३ महिनामा ५० प्रतिशतसम्म कम हुनसक्छ। एन्टीबडीको मात्राको दर यसरी घट्छ की खोपबाट हुने सुरक्षात्मक प्रभाव समेत् कम हुन सुरु हुने बताइएको छ। वास्तबमा नयाँ भेरियन्ट विरुद्ध यस्तो समस्या देखिन सक्ने अध्ययनमा उल्लेख छ। तर, अहिले नै यसको भविष्यवाणी भने गर्न नसकिने अनुसन्धानकर्ताहरुको भनाइ छ।

एस्ट्राजेनेकाको दुई डोजको तुलनामा फाइजर भ्याक्सिनको दुई डोज लिनेमा एन्टीबडीको स्तर बढी देखिने समेत यूसीएलको भाइरस वाच अध्ययनबाट पत्ता लागेको छ। ‘SARS-CoV-2’ संक्रमित मानिसको तुलनामा खोप लगाउने व्यक्तिमा एन्टीबडीको स्तर धेरै हुने पनि अध्ययनमा उल्लेख गरिएको छ।

यसै सन्दर्भमा बोल्दै यूसीएल इन्सीट्यूट अफ हेल्थ इन्फोर्मेटिक्सकी मधुमिता श्रोत्रीले भनिन्, ‘एस्ट्राजेनेका वा फाइजरको खोपको दुई डोज लिएपछि एन्टीबडीको स्तर सुरुमा बढी रहन्छ। यसले कोभिड-१९ विरुद्ध व्यक्तिमा बलियो सुरक्षा दिन्छ। यद्दपी, आउने दुई/तीन महिनामा यसको गिरावट हुने देखिएको छ।’

‘हामी बुस्टर डोज दिनेदिँदा कसलाई प्राथमिकतामा राख्ने भनेर सोचिरहेको बेला हामीले अध्ययन गरेको तथ्यांकले विशेष रूपबाट एस्ट्राजेनेका भ्याक्सिन चाँडो लगाउनेमा अहिले कम एन्टीबडी स्तर कम हुने सम्भावना देखाएको छ ,’हेल्थ इन्फोर्मेटिक्सका प्रोफेसर रोब एल्ड्रिजले भने।

७०वर्षभन्दा बढी उमेर भएका र जो शारीरिकरुपमा कमजोर भएका व्यक्तिलाई प्राथमिकतामा राखेर बुस्टर डोज दिनु पर्ने अध्ययनले देखाएको अनुसन्धनकर्ताहरुको भनाइ छ।

अनुसन्धानकर्ताका अनुसार १८वर्षभन्दा माथिका ६सय जनाभन्दा बढी व्यक्तिको तथ्यांकको आधारमा सो अध्ययन गरिएको हो। एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीले कोभिसिल्डको नामबाट उत्पादन गरिरहेको छ ।

स्रोत : द विक


क्याटेगोरी : अन्य
ट्याग : #एन्टीबडीको स्तर घट्ने, #कोभिशिल्ड खोप, #द ल्यासेन्ट जर्नल, #फाइजर र एस्ट्राजेनिकाको खोप


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ