२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्यान्सरदेखि मधुमेहसम्मलाई नियन्त्रण गर्ने यस्ता छन् फर्सीको मुन्टाको फाइदा

क्यान्सरदेखि मधुमेहसम्मलाई नियन्त्रण गर्ने यस्ता छन् फर्सीको मुन्टाको फाइदा


हुन त बजारमा वा तपाइको करेसावारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाइले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टो वा भनौ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टो खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ ।

फर्सीको पातको साग वा फर्सीको मुन्टो खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपाइलाई फर्सीको पातको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ ।

बढ्दो उमेरलाई छेक्न

फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले तपाइको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । यदि तपाइ आफ्नो बढ्दो उमेरलाई लुकाउन चाहनु हुन्छ र जवान देखिन चाहनु हुन्छ भने फर्सीको पातको साग आजैदेखि खान सुरु गरिदिनुस् ।

आँखा स्वास्थ्यको लागि लाभकारी

फर्सीको पातमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हो । साथै आँखा कमजोर हुँदा फर्सीको पातको साग खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ ।

कोलेस्ट्रोललाई नियन्त्रण गर्न

अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन् । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ ।

प्रजनन क्षमतामा वृद्धि

तपाइको विहे भइसकेको छ तर, अहिले सम्म आमा वा बुबा बन्ने सौभाग्य पाउनु भएको छैन भने फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले तपार्ईँको प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

मधुमेहलाई गर्छ नियन्त्रण

मधुमेह रोग अहिलेको समयमा सुन्नमा सामान्य भएतापनि खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईँको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

छालाको लागि फाइदाजनक

फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्नमा मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ ।

क्यान्सरबाट जोगाउन

फाइबर एक यस्तो तत्व हो जसको सेवनले तपाइलाई अनेक फाइदा हुन्छ । फर्सीको पातमा पाइने फाइबरले तपाइको शरीरमा भएको क्यान्सर कोषिकाहरुलाइ रोक्नमा मद्दत पुर्याउँछ ।

पाचन प्रणालीलाई स्वस्थ राख्छ

फर्सीको पातमा पाइने पोटासियमले तपाइको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । साथै फर्सीको पातको सेवनले तपाइको उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)