२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यशरीरको वजन नियन्त्रण राख्ने यी खानेकुरा

शरीरको वजन नियन्त्रण राख्ने यी खानेकुरा


हामीमध्ये धेरैले आफ्नो वजन घटाउनको निम्ति विभिन्न उपायहरु पनि अपनाइ रहेका हुन्छौं । तर,  इन्टरनेटमा जतिसुकै विभिन्न उपायहरु हेर्नुहोस् या अनुसरण गर्नुहोस् ।

सत्य त हो कि व्यक्तिलाई आफ्नो वजन घटाउन खासै गाह्रो पर्दैन । जति गाह्रो उसलाई आफ्नो वजन एकैस्तरमा कायम राखिरहन पर्दछ । हामी ५ यस्तो खानाहरुको बारेमा बताउँदैंछौ, जसले वजन घटाउने मात्र होइन्, वजनलाई उही तौलमा कायम राखिरहन मद्धत गर्दछन् ।

दही

आफ्नो दैनिक खानामा दही समावेश गर्नु भनेको शरीरको अनावश्यक मोटोपन जलाउनु बराबर हो । यसले चाडोभन्दा चाडो व्यक्तिमा भएको अनावश्यक तौल घटाउनमा निकै नै मद्धत गर्छ । अनुसन्धानकर्ताका अनुसार दहीमा पाइने क्याल्सियमले व्यक्तिको शरीरमा भएको बोसो हटाउनमा मद्धत गर्दछ । तर, चिनीको मात्रा धेरै भएको दही भने प्रयोग गर्नु हुँदैन । यसैगरि दुधजन्य पदार्थबाट बनेको खाना शरीरले पचाउन शारीरिक रुपमा सक्रिय रहनुपर्ने हुँदा राति सुत्ने समयमा भने दहीको प्रयोग गर्नु हुँदैन ।

सी फुड

रातो मासुको तुलनामा सी फुड अर्थात् सामुन्द्रिक जीवहरुको मासु खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । रातो मासुको तुलनामा सी फुडमा फ्याटको मात्रा बढाउने क्यालोरी निकै नै कम पाइन्छ । उच्च प्रोटिन प्राप्त सालमोन, टुना तथा स्रिम्पजस्ता माछाहरु खानाले शरीरको माटोपन घटाउनुका साथै रगतमा चिनीको मात्रा पनि समान रुपमा कायम राखिरहन मद्धत गर्दछन् । अझ यसमा पाइने ओमगा ३ फ्याटी एसिडको कारण हाम्रो शरीरमा मोटोपन पैदा गर्ने कोषहरुको अन्त्य गर्ने गर्दछ । तर, हामीले यसको प्रयोग गर्न नजान्दा अझ यसले शरीरमा क्यालोरीको मात्रा बढाउने गर्दछ । त्यसैले हामीले यसलाई पहिले उमालेर मात्रै पकाउने गर्नुपर्दछ ।

नट्स

नट्स हाई क्यालोरीयुक्त खाना भएतापनि यसमा पाइने प्रोटिन र हेल्थी फ्याटले शरीरलाई फाइदा पु¥याउने गर्दछ । जसले शरीरको मोटोपन घटाउनमा समेत मद्धत गर्दछ । यस सम्बन्धि भएको एक अध्ययनअनुसार दैनिक रुपमा नट्सको प्रयोग गर्नाले यसले शरीरमा मोटोपन विकास नगरी ठीक त्यसको उल्टो नतिजा दिने गर्दछ । तर, हामीले खानुुपर्छ भन्दैमा आवश्यकभन्दा धेरै खानु हुँदैन । यसका निम्ति हामीले दैनिक ५÷६ वटा नट्सलाई मात्र आफ्नो डाइटमा प्रयोग गर्नुपर्दछ ।

होल ग्रेन

‘होल ग्रेन’ भन्नाले अन्न भन्ने बुझिन्छ । जसअन्र्तगत गहँु, मकै, ब्राउन राइस, कोदो तथा मकै आदि पर्छन् । यी खानाहरुलाई तौल घटाउने उचित खानाहरुको रुपमा लिइन्छ । यी अन्नहरुमा शरीरलाई आवश्यक पर्ने क्यालोरी मात्रै उपलब्ध हुने हुनाले शरीरको तौल घटाउनको निम्ति उचित खानाको रुपमा पनि लिइन्छ । हाभर्ड युनिभर्सिटीमा गरिएको एक अनुसन्धानले अन्नलाई पेटको मोटोपन घटाउने उचित खानाको रुपमा पुष्टि समेत गरेको छ । यसलाई मुटुका बिरामीहरुका निम्ति समेत उपयोगी मानिन्छ ।

ग्रीन टी

ग्रीन टीलाई पछिल्लो समयमा स्वास्थ्यको दृष्टिकोणले लाभदायक पेय पदार्थ मानिन्छ । यसमा पाइने बायोएक्टिभ कम्पाउन्डसका कारण यसले शरीरलाई स्वस्थ्य राखी मोटोपनबाट टाढा राख्दछ । यति मात्रै नभई शरीरका विभिन्न अंगहरुलाई सक्रिय राख्ने क्रममा ब्यक्तिको दिमागी क्षमतालाई समेत तेज बनाउन मद्धत गर्दछ । यसको प्रयोग हामीले दिनमा ३÷४ पटकसम्म गर्न सक्छौं । तर, राति सुत्नुभन्दा केही समयअघि मात्रै यसको सेवन गरेमा व्यक्तिलाई निन्द्रा नलाग्ने हुन सक्छ । त्यसैले राति सुत्ने समयमा भने सकभर यसको प्रयोग नगरेको राम्रो मानिन्छ ।

-मेडिकल डेलीबाट 


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ