२०८३ असोज ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ बढ्दो वजनले छाला सम्बन्धि रोग निम्त्याउँछ, कसरी बच्ने ?

बढ्दो वजनले छाला सम्बन्धि रोग निम्त्याउँछ, कसरी बच्ने ?


शरीरको आकारको विस्तार र शरीरमा बोसो जम्मा हुनु धेरै तरिकाले हानिकारक साबित हुन सक्छ। जसकारण मुटु रोग मात्र नभई छाला सम्बन्धी समस्या पनि निम्तिन सक्छ । प्रायः मानिसहरूले के गुनासो गर्छन् भने जिम जाँदा आफ्नो तौल घटेको गरेको त छ। तर, हात, तिघ्रा, पेट, छाती आदिमा सेतो दाग जस्तो देखा परेको छ। कतिपयको अनुहारमा दागहरू आउन थाल्छन् । त्यसैगरी बढ्दो तौलका कारण एक्ने वा पिम्पल, दाग आदि देखिन सुरु गर्छ। शरीरमा तौल बढ्दा वा घट्दा त्यसको असर छालामा पनि देखिन्छ ।

छालाको टोन परिवर्तन

स्वस्थ व्यक्तिको छाला हल्का गुलाबी, चम्किलो हुन्छ। छालामा दागहरू, समयमै चाउरी पर्नु, दागहरू, पिम्पलहरू, कोठी-मुसा वा छालाको रंग परिवर्तन जस्ता लक्षणहरू धेरै समस्याहरूको संकेत हुन सक्छ। जसमध्ये मोटोपना पनि एक हो। छाला शरीरको आवरण हो। जब तौल बढ्छ वा घट्छ, यो आवरण पनि प्रभावित हुन्छ। प्रायः मोटो व्यक्ति वा तौल बढेका व्यक्तिहरूको छाला टाइट, चम्किलो हुन्छ, तर यो सधैं स्वस्थ हुनुको संकेत होइन।

धेरै अन्य अवस्थाहरू तौल वृद्धिसँग सम्बन्धित छन् । जस्तै मधुमेह, खराब रक्तसंचार, शरीरमा बोसो जम्मा हुने र हार्मोनको असंतुलन आदि। यी सबै मिलेर बिस्तारै छालामा समस्या आउन थाल्छ । यस्तो अवस्थामा कहिलेकाहीँ छाला सुन्निएर पनि चमक आउन सक्छ ।

बढ्दो तौललाई नियन्त्रण कसरी गर्ने ?

नियमित व्यायाम र सन्तुलित आहारले तौललाई सन्तुलनमा राख्न सकिन्छ। तर, यदि तौल धेरै बढेको छ भने छालामा थप ध्यान दिनु जरुरी छ । व्यायाम गर्दा पसिना पुछ्न सधैं सफा कपडा राख्नुहोस् किनभने पसिनाले छालामा धेरै खतराहरू निम्त्याउन सक्छ। प्रशस्त पानी पिउनुहोस् जसले गर्दा शरीरबाट फोहोर बाहिर निस्कन र छाला हाइड्रेटेड रहन्छ।

पाचन प्रणाली स्वस्थ रहनका लागि आफ्नो आहारमा धेरैभन्दा धेरै फाइबर समावेश गर्नुहोस्। यसले छालालाई स्वस्थ र चम्किलो पनि राख्छ । सधैं तौल कायम राख्नुहोस्। यस बाहेक छालामा चिलाउने, छालाहरू पोल्ने, दागहरू आदि भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिन सकिन्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ