२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअल्जाइमर कस्तो रोग हो ? किन हुन्छ ?

अल्जाइमर कस्तो रोग हो ? किन हुन्छ ?


विश्व अल्जाइमर दिवस सेप्टेम्बर २१ मा विश्वभर मनाइने गरिन्छ। यो रोग एक उमेरपछि मानिसहरुमा देखिन थाल्दछ । यो रोग लागेका मानिसको स्मृति क्षय हुने गर्छन्। उमेर बढेसँगै कयौं प्रकारका रोगहरु हाम्रो शरीरलाई निशाना बनाउन थाल्छन् । यी प्रमुख रोगहरुमध्ये एक बुढ्यौलीमा बिर्सने बानी हुनु (अल्जाइमर) हो।

अल्जाइमर रोग भएका वृद्धहरुको संख्या लगातार बढ्दो छ। जसकारण यस रोगबाट जोगिनका लागि हरेक वर्ष २१ सेप्टेम्बर अर्थात आज विश्व अल्जाइमर-डिमेन्सिया दिवस मनाइन्छ। यसको उद्देश्य जागरूकता ल्याउनु हो ताकि परिवारको शोभा बढाउने वृद्धवृद्धालाई यस रोगबाट बचाउन सकियोस् । अल्जाइमर भएपछि मस्तिष्कमा हुने तन्तु कोषिकाहरु बीच हुने सम्बन्ध कमजोर हुन्छ ।

विस्तारै-विस्तारै यो रोग मस्तिष्कको एक विकारको रूप लिन्छ र स्मरण गर्ने क्षमता नष्ट गर्दछ। यस्तो स्थितिमा बढ्दो उमेरसँगै सोच्ने क्षमता पनि घट्छ। यो यति खतरनाक छ कि बुढापाकाले २ मिनेट अघि भएको घटना पनि बिर्सन्छन् । अल्जाइमर सामान्यतयाः बुढेसकालमा हुन्छ। यसले बढी ६० वर्षभन्दा माथिका मानिसहरुलाई असर गर्छ। तर, अहिले ३० देखि ४० वर्षको उमेर समूहमा पनि यो रोग देखिन थालेको छ।

यस रोगलाई नियन्त्रणमा ल्याउन शारीरिक रूपमा स्वस्थ रहनुको साथै मानसिक रुपमा पनि स्वस्थ हुनु जरुरी छ। नकारात्मक विचारबाट मनलाई प्रभावित हुन् दिन हुँदैन्। र, सकरात्मक विचारले मनलाई प्रशन्न बानाउनका लागि संगीत सुन्ने, गीत गाउने, खेल खेल्ने र आफूलाई रुची भएको कुराहरु गर्ने गर्नु पर्दछ।

सो रोग लागेपछि बिरामीलाई छिटो रिस उठ्ने, चिडचिडापन बढ्ने र मानिस विस्तारै स-साना कुरा पनि भुल्न थाल्दछन्। यद्पी माइन्ड म्यानेजमेन्ट, स्वस्थ जीवनशैली र मद्यपानबाट टाढा रहँदा पनि यो रोगबाट बच्न सकिन्छ।

-एजेन्सीको सहयोगमा

यो पनि पढ्नुस्

डिमेन्सिया भनेको के हो ?


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ