२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहको शुद्धता जाँच्ने ५ उपाय

महको शुद्धता जाँच्ने ५ उपाय


मह मानव स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । जाडोको समयमा त झन् देखा पर्ने समस्याहरु समस्याहरूमा मह निकै प्रभावकारी मानिन्छ । तर सक्कली मह चिन्न नसक्दा मानव स्वास्थ्य जोखिममा समेत पर्ने गरेका खबरहरू पनि बेलाबेलामा बाहिरिन्छन् ।

पैसा कमाउन पल्केका व्यापारीहरूले अर्गानिक महको नाममा चिनी घोलेर र अरू नै रसायन मिसाएर मह भन्दै विक्री गर्दा आम उपभोक्ता भने ठगिन छाडेका छैनन् ।

कसरी चिन्ने त सक्कली र नक्कली मह । थाहा पाउनोस् केही उपाय ।

१. आगोमा जल्छ

यदि शुद्ध मह छ भने आगोमा जल्छ । यसलाई आगोमा मिसाएर परीक्षण गर्न सकिन्छ । मह लगाएको कपास जल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ ।

२. तातो पानीमा घुल्दैन

तातो पानीले पनि बताइदिन्छ मह सक्कली हो वा नक्कली । महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी नै हो ।

मह पानीमा घुल्यो भने सम्झनुहोस् यसमा मिसावट छ । यदि पानीमा त्यो घुलेन भने मिसावट मुक्त मान्न सकिन्छ ।

३. टिस्यु पेपरले सोस्दैन

टिस्यु पेपरबाट पनि महको शुद्धता पत्ता लगाउन सकिन्छ । शुद्धताको जाँच ब्लोटिङ वा टिस्यु पेपरबाट पनि गर्न सकिन्छ ।

यदि महमा पानीको मिसावट छ भने त्यो पेपरले पानी सोस्छ । शुद्ध मह भने पेपरको माथि नै रहन्छ ।

४. शुद्ध मह ब्रेडमा जमेर बसिरहन्छ

ब्रेडको सहयोगबाट पनि महको शुद्धता परीक्षण गर्न सकिन्छ । दैनिक खाने ब्रेड पनि महको परीक्षणमा सहायक हुने गर्छ ।

शुद्ध मह ब्रेडमा लगाउँदा जमेरै बस्छ ।

५. औँलाबिच मोटो तार बन्छ

औलाको सहयोगले जाँच महको एक थोपालाई बुढी औँला र चोर औँलाले च्याप्नुपर्छ । त्यसपछि बिस्तारै दुई औँला फट्टाउनु पर्छ ।

यस्तो हुँदा दुई औँलाबिच मोटो तार बन्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ ।


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ