२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यसलाद खानुका ५ फाइदा

सलाद खानुका ५ फाइदा


सलाद, सामान्यतया विभिन्न प्रकारका काँचो फलफूल तथा सागसब्जीहरू मिसाएर बनाइएको एक खाद्य परीकार हो । हाल अन्य अन्न भन्दा पनि स्वस्थ जीवन चाहने मानिसहरूको रोजाइमा सलाद परिरहेको छ । प्याज, गोलभेँडा, काँक्रो, गाजर, मुला, साग, मेवा, स्याउ, अनार, केरा, अम्बा जस्ता फलफूल र सागसब्जी काटेर बनाइने  सलाद हाल लोकप्रिय बनिरहेको छ ।

सलाद खानुको धेरै फाइदाहरू छन् । सलाद खानुका मुख्य ५ फाइदा यस्ता छन् –

१. आँखाको ज्योति राम्रो बनाउँछ

सातामा ३ पटक भन्दा बढी सलाद खानेहरूमा आँखाको ज्योति तेजिलो हुने गर्दछ ।

सलादमा प्रयोग हुने तरकारी तथा फलफूलमा हुने भिटामिन ए ले आँखाका लागि फाइदा पुर्‍याउँछ ।

२. अनिन्द्रा हटाउन

नियमित सलाद खानेहरूमा अनिद्राको समस्या कम हुन्छ ।

सलादको सेवनले मानिसमा पर्याप्त निन्द्रा पाउन सहयोग गर्दछ । सलादबाट पाइने लेक्दुकोरियम नामक तत्त्वले निन्द्रा जगाउने काम गर्दछ ।

३. पाचन प्रक्रियामा सुधार

सलादमा फाइबरको मात्रा पर्याप्त हुन्छ जसले पाचन क्रियालाई राम्रो बनाउँछ ।

साथै कब्जियतको समस्या पनि कम गर्दछ । सलाद खाएपछि पेट भारी हुँदैन । शरीर हल्का हुन्छ ।

४. रोग प्रतिरोधात्मक शक्ति बढाउन

रोगसँग लड्ने क्षमता अर्थात् रोग प्रतिरोधात्मक शक्ति बढाउन सलादको सेवन लाभदायक मानिन्छ ।

सलादमा समावेश एन्टिअक्सिडेन्टले इम्यूनिटी पावर बढाउँछ ।

५. मोटोपन घटाउन

पोषक तत्वहरुको मात्रा धेरै हुने सलादमा क्यालोरीको मात्रा कम हुन्छ । तसर्थ मोटोपन कम गर्ने चाहनामा हुनेहरूले नियमित सलाद खाएमा केही दिनभित्रै वजन घट्न सुरु हुन्छ ।


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ