२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यजाडोमा कपालको हेरचाह गर्ने ५ टिप्स

जाडोमा कपालको हेरचाह गर्ने ५ टिप्स


बदलिँदो मौसमसँगै जाडोमा कपालको समस्या पनि बढ्ने गर्छ । जाडोमा कपाल सुख्खा र रुखो भएर टुक्रिने गर्दछ। यसका साथै स्प्लिट एन्डको समस्या पनि बढ्छ ।

जाडोमा मौसम चिसो र सुख्खा हुँदा कपाल धेरै दुख्छ। जाडोमा बाहिर बस्न र न्यानो घामको आनन्द लिन धेरैले मन पराउँछन् । चिसोका कारण धेरैले नुहाउन र कपाल धुन तातो पानी प्रयोग गर्ने गर्छन्। यसो गर्दा कपाल सुख्खा हुन जान्छ । कपालमा सुख्खापन बढ्दा यसको चिल्लोपना पनि हराउँछ । यस्तो अवस्थामा कपाल सुख्खा हुन्छ र झर्न थाल्छ ।

यसका साथसाथै टुक्रा टुक्रा हुने चायाँको समस्या पनि बढ्छ । तल प्रस्तुत उपायहरु अपनाउँदा जाडोमा कपाललाई केहि राहत पुग्छ ।

१. तातो तेलले मसाज गर्ने
जाडोमा टाउकोको छाला सुक्खा हुनाले चायाँको समस्या बढ्छ । जसका कारण पनि कपाल झर्ने गर्छ । मनतातो तेलले टाउकोमा मसाज गर्दा चायाँ कम हुने र कपाल टुक्रने समस्या पनि कमि हुन्छ । हप्तामा एक वा दुई पटक कपाल र टाउकोमा मनतातो नरिवलको तेल लगाउनुहोस्। त्यसपछि तौलियालाई तातो पानीमा डुबाउएर निचर्नुहोस्, तातो तौलियालाई पगरी जस्तै टाउकोमा बेर्नुहोस्। यसलाई ६ मिनेट टाउकोमा राख्नुहोस् । तातो तौलिया टाउकोमा राख्ने क्रम ३ देखि ४ मिनेट दोहोर्याउनुहोस् ।

२. कागतीको रस लगाउने
नरिवलको तेल तताएर कपालमा लगाउनुहोस् र रातभरी नपखालीकन राख्नुहोस्। कपालमा चायाँ भएमा भोलिपल्ट बिहान एउटा कागतीको रस टाउकोमा लगाउनुहोस् र १५ मिनेटपछि कपाल धुनुहोस् । कपाल धुन धेरै तातोपानी प्रयोग नगर्नुहोस्। स्याम्पु प्रयोग गरेपछि एक गिलास पानीमा दुई चम्चा एप्पल साइडर भिनेगर हालेर कपाललाई पुरै कपाललाई माड्नुहोस् ।

३. हेयर कन्डिसनरको प्रयोग
जाडोमा कपाललाई जोगाउन र नरम चम्किलो बनाउन हेयर कन्डिसनरले धेरै मद्दत गर्छ। यदि तपाईँको कपाल सुख्खा छ भने स्याम्पु पछि क्रीमयुक्त कन्डिसनर लगाउनुहोस्। थोरै मात्रामा कन्डिसनर लिनुहोस् र कपालमा हल्का मसाज गर्नुहोस्। यसलाई दुई मिनेटसम्म छोडेर सादा पानीले धुनुहोस्। जाडोमा स्याम्पु गरेपछि कपालमा सीरम लगाउन सकिन्छ ।

४. प्राकृतिक रुपमा कपाल सुकाउने
स्याम्पु गरेपछि तौलियाले कपाललाई माडेर पुछ्नु हुँदैन । यसको सट्टा आफ्नो टाउकोमा एउटा तौलिया बेर्नुहोस् र पानी सोस्न दिनुहोस्। यदि कपाल सुख्खा छ भने ड्रायर प्रयोग नगर्नुहोस्। यदि तपाईँ हेयर ड्रायर प्रयोग गर्नुहुन्छ भने यसलाई कम्तीमा कपालबाट १० इन्च टाढा राख्नुहोस्। कपाल पुरै सुख्खा हुनुअघि हेयर ड्रायर प्रयोग गर्न बन्द गर्नुहोस् र कपाललाई प्राकृतिक रूपमा सुक्न दिनुहोस्।

५. पोषणयुक्त खानेकुरा
कपालमा चायाँ छ भने प्रशस्त पानी पिउनुहोस् । एक गिलास पानीमा एक कागतीको रस मिसाएर बिहान पिउने गर्नुहोस् । यदि कपाल झर्ने समस्या छ भने दैनिक खानामा फलफूल, सलाद, हरियो सागसब्जी र दहीलाई समावेश गर्नुहोस्। तनावबाट बच्न प्रयास गर्नुहोस्। दैनिक योग गर्नुहोस्, गहिरो सास फेर्ने अभ्यास पनि गर्नुहोस्। योग र व्यायामले तनाव कम गर्न र कपाल झर्न पनि रोक्न सहयोग गर्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ