२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यचम्किलो दाँतले बढाउँछ सुन्दरता : पहेँलोपन हटाउन अपनाउनुस् यो उपाय

चम्किलो दाँतले बढाउँछ सुन्दरता : पहेँलोपन हटाउन अपनाउनुस् यो उपाय


प्रायः हामीलाई दाँत पहेँलो हुने समस्याले सताउँछ । जसका कारण कयौँ पटक अप्ठ्यारोको सामना समेत गर्नु पर्छ । जसका कारण हाम्रो आत्मबल घट्छ । दाँतको यो समस्याका कारण धेरैजसो मानिसहरू संवेदनशील पनि हुन थालेका छन् ।

तर, चिन्ता लिनु पर्दैन, आज हामी तपाईँलाई केही यस्ता उपायहरू बताउनेछौँ, जसको कारणले तपाईँको दाँतको पहेँलोपन कम हुन्छ । एप्पल साइडर भिनेगर दाँतको पहेँलोपनबाट छुटकारा पाउन यो धेरै उपयोगी साबित हुन सक्छ। यसको भित्र धेरै यस्ता तत्त्व हुन्छन् जसले दाँतको पहेँलोपन चाँडै हट्छ ।

एप्पल साइडर भिनेगरले तपाईँको दाँतका गहिराइमा प्रवेश गर्छ र तपाईँको दाँतलाई बिस्तारै सफा गर्छ । यसले दाँतमा पनि नकारात्मक असर गर्दैन । जसका कारण एसिडिटी भए पनि पिएच सन्तुलन कायम रहन्छ र दाँत पहिलेको भन्दा सफा, सेतो र चम्किलो बन्छ ।
यसका साथै यसले तपाईँको गिजालाई पनि स्वस्थ राख्छ ।

जसका कारण दाँतमा धेरै बल हुन्छ । एप्पल साइडर भिनेगरको मद्दतले दाँत सफा गर्न धेरै काम गर्नु पर्दैन । एक कप पानीमा आधा चम्चा स्याउको सिरका मिलाउनुहोस् । अब आफ्नो टूथब्रश लिनुहोस् र यसलाई भिजाउनुहोस् । यसपछि, दाँत पूर्ण रूपमा सफा नभएसम्म लगातार ब्रश गरिरहनुहोस्  बिस्तारै दाँतको पहेँलोपन हराउन थाल्छ र दाँतमा सेतो चमक आउन थाल्छ ।

प्रयोग गर्नुअघि के कुरामा ध्यान दिनुपर्छ–
१. एप्पल साइडर भिनेगर प्रयोग गर्नु अघि बोतललाई राम्ररी हल्लाउनुहोस्, त्यसपछि मात्र प्रयोग गर्नुहोस् ।
२. प्रयोग गर्नुअघि यसलाई पानीमा मिलाउन आवश्यक छ । यसलाई पानीमा नघोलीकन प्रयोग गर्नु हानिकारक साबित हुन सक्छ, किनकि        यो प्राकृतिक एसिड हो ।
३. यसको अत्याधिक प्रयोग नगर्नुहोस् । यो प्रक्रिया दिनमा एक पटक मात्र प्रयोग गर्नुहोस् । अन्यथा यसले दाँतलाई पनि हानि पु¥याउन सक्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ