२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यअस्पतालको ओपीडीमा ताल्चा लाग्दा टाढाबाट उपचारका लागि आएका बिरामीले भोग्नुपरेको सास्ती

अस्पतालको ओपीडीमा ताल्चा लाग्दा टाढाबाट उपचारका लागि आएका बिरामीले भोग्नुपरेको सास्ती


काठमाडौँ – नेपाल मेडिकल एसोसिएसनले माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टर अगाडि डाक्टर जनिथ सिंहमाथि प्रहरीले लाठी चार्ज गरेपछि विरोधका लागि आइतबार १० बजेदेखि ओपिडी सेवा बन्द गर्दा बिरामीहरूले सास्ती खेप्नु परेको थियो । हेल्थ आवाजसँग कुरा गर्दै वीर अस्पतालमा आएका बिरामीहरूले उपचारको लागि अस्पतालमा कुर्नु परेको समस्याबारे बताएका छन् ।

खोटाङ जिल्ला दिक्तेल मझुवागडी नगरपालिका १ का खड्क बहादुर खत्री  ७६ वर्षका भए । उनी आफ्नो छोरा अम्मर खत्री सँग उपचारको लागि काठमाडौँ वीर अस्पतालमा आएका छन् । उनी हर्नियाको अप्रेसन गराउन अस्पताल पुगेका थिए । उनी भन्छन्,मेरो शरीर दुखिरहेको छ मेरो अप्रेसन समय मै नगरे म मर्छु होला, । खोटाङकै अस्पतालमा यसको उपचार हुने भएको भए म काठमाडौँ नै आउने थिइनँ । उनी १५ दिन देखी होटेलमा बसिरहेका छन् । काठमाडौँ उपचारको लागी आए खर्च त बढ्यो नै मैले उपचार पनि समयमै पाउन गाह्रो हुने भयो उनले सुनाए ।

त्यस्तै, मुगु जिल्ला की १९ बर्षिया रुपा देवी रावल टाउकाको समस्या लिएर आइतबार वीर अस्पताल पुगेकी थिइन् । उनी आफ्ना श्रीमानसँग अस्पताल पुगेकी थिइन् । उनले केही दिन अघि एमआरआईका लागि ८ हजार अस्पतालमा बुझाएर गएकी थिइन् उनलाई अस्पतालले आज आइतबार एमआरआईको लागि बोलाएको थियो । तर बिहान ९ बजे देखी १२ बजे सम्म उनले कुर्नुपर्‍यो । उनी भन्छिन् ‘मुगु जान ४ दिन लाग्छ अहिले भक्तपुरमा रुम लिएर बसिरहेका छौँ , उपचार चाडै भए चाडै घर फर्किन्थे तर आज  ओपिडी बन्द भएर उपचार नै नहोला जस्तो छ‘ । उनी थप्छिन् ,घर जान ६ हजार खर्च लाग्छ टाढाको यात्रा उपचार नगरी कसरी घर जानु त्यसैले अस्पतालमै कुरीरहेका छौ । आज नभए भोली त  उपचार होला ।

बारा जिल्ला देउताल गाउँपालिका वडा नम्बर ७ का ७९ बर्षिय जगरनाथ शाह  बिहान ६ बजे वीर अस्पताल पुगेका थिए । पत्थरीको समस्याले उनी ६ महिना देखी अस्पताल धाइरहेका छन् । उनको पिसाब थैलीमा पत्थरी छ । त्यसैको अप्रेसनको लागि आज अस्पताल आएको उनले बताए । यस अघि पैसा नभएकाले काठमाडौँ आउन पाइन पैसाको जोहो त भयो तर आज उपचार सम्भव नहोला जस्तो देखियो । घर गए फेरी अस्पताल आउनु पर्छ , आज अस्पताल मै कुरेर बस्छु । उनी छोरा नन्दलाल शाहका साथमा अस्पताल पुगेका छन् ।

त्यस्तै जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ की लक्षिमा बुढा उपचारको लागि वीर अस्पताल पुगेकी छिन् । उनलाई मुटुको समस्या रहेको हुँदा त्यसैको उपचारको लागि उनी आइतबार बिहान ८ बजे वीर अस्पतालमा पुगेकी थिइन् ।  ३ दिनको यात्रा पछि बल्ल उनी अस्पताल पुगेकी हुन् । उनी भन्छिन् ३ दिन  यात्रापछि अस्पताल आयौँ उपचार आजै भएको भए उपचार गरी घर फर्किन हुन्थ्यो । यहाँ कहाँ बस्ने केही थाहा छैन ,बाहिर होटेलमा बस्न पैसा छैन उपचार नभए सम्म घर फर्किन सकिन्न ।

त्यसैगरी  सुनसरी जिल्ला गडी गाउँपालिका वडा नम्बर २ का २६ बर्षिय रिसव राज कार्की आइतबार वीर अस्पताल पुगेका छन् । उनले भने आज आइतबार मेरो पिसाब नलीको अप्रेसनको लागि अस्पताल आएको हुँ । उनी भन्छन् उपचारका लागि काठमाडौँमा बस्न थालेको ६ दिन भयो, टाढाको जिल्ला आउन जानै २ हजार गाडी भाडा लाग्छ । उपचार जस्तो कुरा एक दिनमै नहुने हुँदा एक दिन पनि अस्पताल यसरी बन्द हुँदा आफ्नो होटलमा बस्दै गरेको  खर्च बढ्ने र  समय खेर गइरहेको उनले बताए ।

एनएमए र सरकारको दिउँसो ६ बुँदे सहमति हस्ताक्षर भएसँगै चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । सहमतिपछि वीर अस्पतालले दिउँसो १: ३० बजे टिकट काउन्टर खुलाएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ