२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यधुम्रपान गर्नुहुन्छ, लाग्न सक्छन् यी ५ रोग

धुम्रपान गर्नुहुन्छ, लाग्न सक्छन् यी ५ रोग


धुम्रपान मानव स्वास्थ्यको लागि हानिकारक छ । यसले स्वस्थ व्यक्तिको जीवनमा रोग निम्त्याउँछ । बिरामीलाई रोगसँग लड्न सक्ने प्रतिरक्षात्मक क्षमतामा कम गर्छ र रोगलाई बढावा दिन्छ ।

धुम्रपानको सेवनबाट मात्र पनि मानिसमा धेरै रोगहरु लागिरहेको हुन्छ । शरीरको धेरै अंगमा यसले प्रत्यक्ष वा अप्रत्यक्ष असर पु¥याइरहेको हुन्छ । धुम्रपानले निम्त्याउन सक्ने पाँच रोगबारे तल चर्चा गरिएको छ ।

१. क्यान्सर
धुम्रपानले शरीरमा क्यान्सर हुन सक्छ । चुरोटको धुँवामा भएको शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । जसका कारण क्यान्सरको कोषिकाहरु मर्न सक्दैनन् । यस अवस्थामा क्यान्सरको कोषिकाहरु बढ्दै जान्छ । चुरोटको धुँवामा भएको विषले कोषिकाको डिएनएलाई क्षति वा परिवर्तन गर्न सक्छ ।

२. स्ट्रोक
धुम्रपानले स्ट्रोकको जोखिम दोब्बर बनाउँछ । धुम्रपानले रक्तचाप बढाउँछ र रगतमा अक्सिजनको मात्रा घटाउँछ । तंबाकूको धुँवामा ४ हजारभन्दा बढी रसायन विषाक्तहरु हुन्छन् । जुन फोक्सोमा जम्मा हुन्छ । जसले रक्तनलीलाई हानी गर्छ ।

३. फोक्सोमा क्षति
फोक्सोमा हावाको थैली हुन्छ, धुम्रपानले श्वासनली र फोक्सोमा पाइने सानो हावाको थैलीलाई हानी, नोक्सान पु¥याउँछ । धुम्रपान नगर्नेभन्दा धुम्रपान गर्नेहरु दमजन्य रोगबाट मर्ने सम्भावना १२ देखि १३ गुणा बढी हुन्छ ।

४. मधुमेह
मधुमेह आफैंमा एउटा चुनौतीपूर्ण रोग हो । मधुमेहलाई कन्ट्रोल नगरे अरु धेरै रोग लाग्न सक्छन् । चुरोटमा भएको निकोटिनले शर्कराको स्तर बढाउँछ । जसले मधुमेहलाई अझ जटिल बनाउँछ ।

५. क्रोनिक ब्रोनकाइटिस
क्रोनिक ब्रोनकाइटिसको विकासको लागि धुम्रपान एक नम्बरको जोखिम कारक हो । क्रोनिक ब्रोनकाइटिसका ९० प्रतिशत बिरामी धुम्रपानले हुने गरेको पाइएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ