२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यमेवाका ७ फाइदा, क्यान्सरदेखि मुटुरोगसम्म उपयोगी

मेवाका ७ फाइदा, क्यान्सरदेखि मुटुरोगसम्म उपयोगी


मेवा एक प्रकारको नरम र स्वादिष्ट फल हो । काँचो अवस्थामा यसको रङ हरियो र पाकेको मेवाको रङ पहेलो हुन्छ ।

मानिसको लागि यो धेरै फाइदाजनक हुन्छ । यसमा क्यान्सर प्रतिरोधात्मक गुणहरु हुन्छन् । मेवा खाँदा मधुमेह, मुटु रोग र क्यान्सरजस्ता रोगहरुको जोखिम कम गर्न मद्धत सहयोग गर्छ ।

१. ग्लाइसेमिक इन्डेक्स
मेवामा ग्लाइसेमिक इन्डेक्स हुन्छ । जसका कारण यसले रगतमा चिनीको मात्रा धेरै छिटो बढाउँदैन् । जुन तपाईंको स्वास्थ्यको लागि राम्रो हो ।

२. पाचन र कम सुनिने
मेवामा दुई प्रकारको इन्जाइमहरु पपाइन र काइमोपापाइन पाइन्छ । जसले पाचन प्रणालीमा मद्दत गर्छ र प्रोटिनहरु पचाएर शरीरमा सुन्निने समस्या कम गर्छ ।

३. रोग प्रतिरोधात्मक क्षमता वृद्धि
मेवामा भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइन्छ । भिटामिन ‘सी’ पाइने खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

४. हड्डी बलियो बनाउँछ
मेवामा भिटामिन ‘के’ पाइन्छ । जुन हड्डीको स्वास्थ्यको लागि राम्रो हो । मेवामा पाइने इन्जाइमले हड्डीको घनत्व बढाउन र बलियो बनाउन मद्दत गर्दछ । साथमा यसले क्याल्सियम अवस्थामा सुधार गर्छ ।

५. मधुमेह रोग कम गर्छ
उच्च फाइवरयुक्त खाना खाने प्रि—मधुमेहका बिरामीहरुको रगतमा ग्लूकोजको मात्रा कम हुन्छ । जबकी टाइप २ मधुमेह भएको मानिसमा चिनी, लिपिड र इन्सुलीनको स्तर राम्रो हुन्छ । त्यसकारण मधुमेहको रोगका बिरामीले मेवाको सानो भाग खानु सुरक्षित हुन्छ ।

६. पाचन सुधार
मेवालाई परम्पराकालदेखि नै अपच, मुटुको जलन, एसिड रिफ्लक्स र पेटको अल्सरजस्ता विभिन्न समस्या निको पार्न प्रयोग गरिन्छ । धेरै मात्रामा फाइबरयुक्त मेवा पाचन प्रणालीको लागि फाइदाजनक छ ।

७. मुटु रोगको जोखिम घटाउँछ
मेवामा फाइबर, पोटासियम, भिटामिनजस्ता एन्टीअक्सिडेन्ट पाइन्छ । जसले मुटु रोगको जोखिम कम गर्छ । एन्टीअक्सिडेन्टयुक्त खानेकुराले कोलस्ट्रोलको स्तर घटाउन मद्दत गर्दछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ