२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाली सेनाको नेतृत्वमा हिमालबाट हटाइयो ३५ हजार किलो बढी फोहोर

नेपाली सेनाको नेतृत्वमा हिमालबाट हटाइयो ३५ हजार किलो बढी फोहोर


काठमाडौं—नेपाली सेनाको नेतृत्वमा हिमाल सरसफाइ अभियान संचालन भएको छ । सेनाको नेतृत्व भएको उक्त अभियानमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुन्चे हिमालबाट ३५ हजार ७०८ किलो फोहोर संकलन गरेर हटाइएको छ ।

हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाइ गर्ने र हटाउने ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत उक्त कार्य सम्पन्न भएको हो । ८ जेठ २०८० मा फोहोर संकलन कार्य सम्पन्न भएको छ । अभियानले यी हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेकोमा उक्त लक्ष्य पूरा गरेको हो ।

१४ चैतबाट उक्त अभियानमार्फत नेपाली सेनाले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट स्थानीयवासी र स्वयंसेवकहरुको सहयोगमा ३५ हजार ७०८ केजी फोहोर संकलन गरेको थियो ।

अभियानमा सगरमाथा–ल्होत्से क्षेत्रबाट १३ हजार ६२१ किलो फोहोर र प्लास्टिक सङ्कलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट ३ हजार ५६७ किलो र बरुञ्चेबाट १८ हजार ५२० केजी फोहोर संकलन गरिएको थिाये । उक्त फोहोर ती क्षेत्रबाट हटाइएको युनिलिभर नेपालले जनाएको छ ।

कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासँगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायीत्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदा कम्पनीले सम्मानित महसुस गरेको बताए ।

जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्वपूर्ण हिम चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यो अभियानहरूद्वारा बढावा दिएको छ । वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्ने विश्वास युनिलिभरको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ