२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड

डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड


काठमाडौं–अमेरिकामा नेपाली युवा अंकोलोजिष्ट डा. सिद्धार्थ यादवले २ करोड ६० लाख रुपैयाँको ‘आस्को करिअर डेभलपमेन्ट एवार्ड’ हात पारेका छन् । क्यान्सरको रिसर्चमा सर्वोत्कृष्ठ हुने युवा अंकोलोजिष्टलाई अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी (आस्को)ले हरेक वर्ष पुरस्कार प्रदान गर्ने गर्छ ।

आस्कोको ५९ औं वार्षिक सम्मेलनमा कंकेयर क्यान्सर फाउण्डेसनका अध्यक्ष डा. हावर्ड ए. बरिसले २ लाख मिलियन अमेरिकी डलरको उक्त एवार्ड डा. यादवलाई प्रदान गरेका थिए । सो क्रममा उनले क्यान्सरको अनुसन्धानमा डा. यादवले खेलेको भूमिकाको खुलेर प्रशंशा गरे ।

डा. यादवलाई उक्त पुरस्कार वंशाणुगत स्तन क्यान्सरको जीन सम्बन्धिको खोजका लागि प्रदान गरिएको हो । उनले पुरस्कार वापत प्राप्त गरेको उक्त रकम आगामी तीन वर्षमा ब्रेस्ट क्यान्सर सम्बन्धित आफ्नो अनुसन्धानमा खर्चिने जानकारी हेल्थआवाजलाई दिए ।

डा. यादवले पुरस्कारबाट क्यान्सरको अनुसन्धानमा थप काम गर्न आफूलाई प्रेरणा मिलेको बताए । ‘यो पुरस्कारले मलाई क्यान्सरको अनुसन्धानमा खटिन थप उत्प्रेरणा मिलेको छ,’ उनले भने ।

अमेरिकाको प्रसिद्ध मेयो क्लिनिकमा डा. यादव सह-प्राध्यापक एवं अंकोलोजी विभागका कन्सल्ट्याट हुन् । लामो समयदेखि ब्रेस्ट क्यान्सरलगातयका अनुसन्धानमा संलग्न डा. यादवले यसअघि पनि विविध फेलोसीप तथा पुरस्कारहरु प्राप्त गरिसकेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ