२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नर्भिक अस्पतालमा फ्रि न्यूरो क्याम्प हुने

नर्भिक अस्पतालमा फ्रि न्यूरो क्याम्प हुने


काठमाडौं—वरिष्ठ स्नायू रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ । २७ जेठ शनिबार डा. झा नेतृत्वको टिमले निःशुल्क न्यूरो क्याम्प संचालन गर्नेछ ।

ओपीडी सेवा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी (न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो ।

नेपालीहरुमा पछिल्लो समय ब्रेन ट्यूमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्यूमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । उनले सो क्रममा ब्रेन ट्यूमरका केशहरुमा फोकस रहेर बिरामीहरुको चेक जाँच गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ