२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यपाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने

पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने


ललितपुर—सुमेरु अस्पताल र पाटन ल्याबबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । शुक्रबार सुमेरु अस्पतालकातर्फबाट प्रदीप झा र पाटन प्याथ ल्याबका तर्फबाट संचालक विन्दा शाही देशारले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दुई संस्थाबीच उपचार सेवा आदान—प्रदान सम्बन्धि सम्झौता भएको पाटन प्याथ ल्याबकी संचालक शाहीले जानकारी दिइन् । उनकाअनुसार पाटन प्याथ ल्याबमा आएका बिरामीलाई सुमेर अस्पतालमा उपचार सेवा दिनेलगायतका सम्झौता दुई पक्षबीच भएका छन् ।

पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ