२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो


काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्रहरीले एक जना लागु औषध कारोबारीमाथि गोली चलाएको छ । आइतबार विमानस्थलको मुलगेट नजिकै प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारी समूहका एक सदस्यलाई नियन्त्रणमा लिएको हो ।

‘लागु औषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो,’ लागु औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाले भने, ‘नियन्त्रणमा गोली चलेको हो ।’ लागु औषध कारोबारमा संलग्न रहेका एक जनालाई पक्राउ गर्न गएको प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको हो ।

गोली लागेर उनी घाइते भएका छन् । घाइतेको परिचय खुल्न सकेको छैन । अहिले प्रहरीले उनलाई काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेको छ ।

खैरो हेरोइन कारोबारमा संलग्न रहेको समूह नै रहेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानमा प्रहरी ग्राहक बनेर पुगेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ