२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल स्वास्थ्य व्यवसायी महासंघद्वारा सचिव अर्यालको सम्मान तथा विदाइ

नेपाल स्वास्थ्य व्यवसायी महासंघद्वारा सचिव अर्यालको सम्मान तथा विदाइ


काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी महासंघले सचिव एकनारायण अर्याललाई सम्मान गरेको छ । सोमबार श्रम मन्त्रालयमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रममा सचिव अर्याललाई महासंघका तर्फबाट अध्यक्ष कैलाश खड्काले सम्मान गरेका हुन् ।

१८ महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा वैदेशिक रोजगारसँग सम्बन्धित कामदारहरुको स्वास्थ्य परीक्षण गर्न अनुमति प्राप्त स्वास्थ्य संस्थालाई प्रविधीसँग जोड्ने, समय सान्दर्भिक उच्चतम प्रविधीयुक्त उपकरणको प्रयोग गर्न प्रेरित गरी वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गुणस्तरीय, पारदर्शी एवं मर्यादित गर्नका लागि खेलेको नेतृत्वदायी भूमिकाका लागि महासंघले उनलाई सम्मान गरेको हो ।

सो क्रममा महासंघका प्रथम उपाध्यक्ष गायत्री जिसी, द्धितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, कोषाध्यक्ष रामपुकार तिवारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

अर्याल हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यलयमा सरुवा भइसकेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ