२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यट्रु–मीका उत्पादन नेपाली बजारमा

ट्रु–मीका उत्पादन नेपाली बजारमा


काठमाडौं—अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मीका उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा बिक्री वितरण सुरू भएको छ । सोमबार एक समारोहबीच अभिनेत्री स्वस्तिमा खड्का र ट्रु–ड्रमा कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरेका हुन् ।

ट्रु–मीका उत्पादनहरुको नेपालमा कारोबार गर्ने आधिकारिक कम्पनीका अध्यक्ष मुरारकाले सोमबारबाटै देशभरि बिक्री वितरण प्रारम्भ भएको घोषणा गरे । उनकाअनुसार कम्पनीले अमेरिकन प्रविधिमा आधारित कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियललगायत बजारमा ल्याएको छ ।

‘ट्रु–मीका उत्पादनहरुलाई हामीले बितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप बिक्री वितरण गरेका थियौँ । बजारमा सकारात्मक प्रतिक्रिया पायौँ जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साहित बनाएको छ,’ अध्यक्ष मुरारकाले भने ।

उनले थपे, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामाग्री भएर होला । उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत सकारात्मक पायौं ।’

नायिका स्वस्तिमा खड्काले ट्रु–मीले उत्पादन गरेका सामाग्री गुणस्तरीय र प्रभावकारी हुने विश्वासका साथ यो ब्राण्डसँग आफू जोडिएको बताइन् । उनले स्किन स्वास्थ्यसँग पनि जोडिएको विषय भएकाले डाक्टरको सल्लाह बिना औषधी खान हुँदैन भनेजस्तै स्कीनमा पनि जथाभावी उत्पादन प्रयोग गर्न नहुने बताइन् ।

नेपाली बजारमा आधिकारिक रुपमा ट्रुमीका १७ प्रकारका हेयर केयरका उत्पादन उपलब्ध हुनेछन् । हेयर केयर र स्कीन केयरका सामग्रीहरु सबै प्रकारका केस तथा छालाका लागि उपयुक्त र प्रभापकारी रहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ