२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं

नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं


काठमाडौं—कलंकीस्थित नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । अस्पतालका व्यवस्थाप समिर शर्माकाअनुसार नेपाल नेशनल हस्पिटलमा ७ देखि १२ गतेसम्म निःशुल्क वृहत स्वास्थ्य शिविर हुन लागेको हो ।

शिविरमा जनरल फिजिसियन, छाती रोग, जनरल सर्जरी, हाडजोर्नी तथा नसा रोग, बाल रोग, स्त्री तथा प्रसुति रोगका विशेषज्ञहरुले निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछन् । यसैगरी, थाइराइड, सुगर तथा हर्मोन रोग, दन्त, मुख तथा गिजा रोग र मनोरोग सम्बन्धि परामर्श उपलब्ध गराउने शर्माले जानकारी दिए ।

उनकाअनुसार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म हुने शिविरमा निःशुल्क सुगर जाँच गरिनेछ । यस्तै, थाइराइड जाँच ५ सय रुपैयाँमा र अस्पतालका सम्पूर्ण सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ