२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यएक वर्षमा १ हजार ९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

एक वर्षमा १ हजार ९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया


तुलसीपुर—उज्यालो अभियान कार्यक्रमअन्तर्गत करिब १ हजार बढीको नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरु संग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रमअन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरी उज्यालो पर्दान गरिएकोहो ।

प्रमुख प्रशासक सम्शेर थापा नागरिकहरुले मोतियाविन्दुका कारण दृष्टिबिहिन जीवनयापन गर्नु नपरोस् र नेपाल सरकारको आँखा स्वास्थ्य रणनीतिलाई समेत सहयोग पु¥याउने उद्देश्यले स्थानीयहरुसँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरी गत आर्थिक वर्षमा उज्यालो अभियान सञ्चालन गरिएको बताउँछन् । उक्त कार्यक्रमअन्तर्गत एक वर्षमा १ हजार ८ सय ९९ जनालाई उज्यालो प्रदान गरिएको समेत उनले बताए ।

उज्यालो अभियानअन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना , बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा १०० जनाको मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए ।

देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिका भित्रका ४ सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना, रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जना र लमही नगरपालिका वडा नं. ६ ले ९ जनाको गरी ७ सय ३२ जना यस आर्थिक बर्षमा मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो पर्दान गरेको नेत्र सहायक विमल घिमिरेले जानकारी दिए ।

लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामासमेत साझेदारीमार्फत उज्यालो अभियान पु¥याइ ४९ जना मोतियाविन्दुका बिरामीहरुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।

त्यस्तै छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्ण नगर नगरपालिकाका वडा नंं. ३ देखि १२ वडासम्ममा २ सय ५५ जना बिरामीहरुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको बाह्य कार्यक्रम सह—संयोजक हरी भण्डारीले जानकारी दिए । त्यस्तै, कपिलस्तु जिल्लाको बुद्धभूमी नगरपालिकामा १ सय जना र शिवराज नगरपालिकामा ८० जना मोतियाविन्दुका बिरामीहरुको आँखा शल्यक्रिया गरिएको प्रशासकिय अधिकृत जसराज विश्वकर्माको बताए ।

सरूमारानी गाउँपालिकामा यस आर्थिक वर्षमा करिब ४९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको भन्दैं अब ३२० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्यांकले देखाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ