२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनागरिक अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

नागरिक अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं–भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार सम्पन्न भएको सो स्वास्थ्य शिविरमा आँखा, नाक, कान, घाटी, स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।

साथै, शिविरमा मधुमेह जाँच, सिविसी जाँच तथा बाँझोपना भएका महिलाहरुमा हुने समस्या सम्बन्धी जाँचहरु गरिएको थियो ।

अस्पतालले दिएको जानकारीअनुसार शिविरमा १ सय ५३ जनाले निःशुल्क सेवा लिएका थिए ।

जसमा आँखा सम्बन्धी सेवा ६० जनाले, नाक, कान घाटी सम्बन्धी सेवा ४५ जना र महिला तथा प्रसुति सम्बन्धी सेवा ४८ जनाले लिएको अस्पताल नर्सिङ प्रमुख गंगा पौडेलले जानकारी दिइन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ