२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यअछाम-काठमाडौं युवा संजालको रक्तदान कार्यक्रम सम्पन्न

अछाम-काठमाडौं युवा संजालको रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं—अछाम—काठमाडौं युवा संजालले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार नासिका रेष्टुरेन्ट टीकाथलीमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रममा संयोजक डा. कृष्ण सोडारीले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा र अछाम टीकाथली सेवा समाजसँगको सहकार्यमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । विहान ८ बजेदेखि सुरु भएको रक्तदान दिउँसो १ बजेसम्म चलेको थियो ।

डा. सोडारीले अछामी युवाहरुबीच एकता कायम गर्न मानवीय कार्यमा टेवा पु¥याउनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । ‘आगामी दिनमा पनि यस्तै रचनात्मक सामाजिक कार्यहरु गर्ने संजालको उद्देश्य छ,’ उनले भने ।

अछाम क्षेत्र—१ प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर र क्षेत्र —२ प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, नेपाल ब्लड बैंकका अध्यक्ष सोम प्रधान, अछाम टिकाथली सेवा समाजका अध्यक्ष लोकेन्द्र साउदलगायतको आतिथ्यतामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अछाम घर भएर काठमाडौंमा विभिन्न पेशा, व्यवसाय गरिरहेकाले रक्तदान गरेका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ