२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिन गर्नु हुँदैन् धुम्रपान, यस्ता छन् ७ कारण

किन गर्नु हुँदैन् धुम्रपान, यस्ता छन् ७ कारण


धुम्रपानले हाम्रो शरीरलाई धेरै नोक्सान गर्छ । जसको अनुमान गर्न सकिदैन । जब चुरोट छोड्नुहुन्छ, तब टाउको दुखाइको महसुस गर्नुहुन्छ । चुरोटको सेवन एक पटक मात्रै गर्दा पनि धुवाँबाट यसमा भएको हानिकारक रसायनहरु शरीरमा प्रवेश गर्छ । र, विस्तारै—विस्तारै गम्भीर रोगको कारण बन्छ । यही कारण हो स्वास्थ्य विशेषज्ञहरु चुरोट सेवन नगर्ने सल्लाह दिन्छन् ।

धुम्रपान छोड्न सजिलो छैन । तर, दृढ संकल्पले छोड्न चाहानुभयो भने छोड्न सक्नुहुन्छ । धुम्रपान छोड्दा सुरुमा धेरै गाह्रो हुन्छ । बारम्बार धुम्रपान गर्न मन लाग्छ । यदि तपाईं यसलाई कन्ट्रोल गर्न चाहनुहुन्छ भने केही समयमै चुरोटको याद बिर्सन सक्नुहुन्छ । धुम्रपान छोड्दा स्वास्थ्यका लागि धेरै फाइदाहरु छन् । जसलाई तल चर्चा गरिएको छ ।

धुम्रपान छोड्नुको फाइदाहरु
१. धुम्रपानले फोक्सोलाई धेरै असर गरिरहेको हुन्छ । यसको सेवन नगर्नाले फोक्सोको स्वास्थ्य राम्रो हुन्छ ।

२. चुरोटको धुवाँमा हुने रसायनले शरीरको उर्जा घटाइ रहेको हुन्छ । चुरोट छोड्नाले शरीरमा उर्जा बढ्छ ।

३. धुम्रपानले सुघ्ने क्षमतालाई कमजोर बनाइरहेको हुन्छ । धुम्रपान नगर्दा सुघ्ने क्षमता राम्रो हुँदै जान्छ ।

४. धुम्रपान गर्दै जाँदा विस्तारै—विस्तारै औंला र नङ पहेलोपन देखिन थाल्छ । यसको सेवन नगर्नाले पहेलोपन हट्दैं जान्छ ।

५. धुम्रपान सेवनले दाँतमा पनि दागहरु बस्न थाल्छन् । यसको सेवन नगर्नाले दाँतमा हुने दागहरु पनि हट्दैं जान्छ ।

६. धुम्रपानले असर गर्ने अर्को भाग छाला हो । चुरोट छोड्दा छालाको स्वास्थ्यमा सुधार आउँछ र चम्किलो बन्दै जान्छ ।

७. धुम्रपान अप्रत्यक्ष सम्बन्ध मिर्गौला र मुटु स्वास्थ्य पनि छ । यो छोड्ना मिर्गौला र मुटु स्वास्थ्य राम्रो हुन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ