शरीरलाई फिट राख्नको लागि खाना खान जरुरी हुन्छ । यसले हाम्रो शरीरमा पोषकतत्व प्राप्त हुन्छ । यसमा भिटामिन, मिनरल र एन्जाइम पाइन्छ । जुन स्वास्थ्यको लागि धेरै फाइदाजनक छ ।
फलफूल स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । शरीरलाई रोगबाट बचाउने पोषकतत्वहरु फलबाट नै पाइन्छ । यसले पाचनसँग सम्बन्धित समस्याहरु कम गर्छ । धेरै रोगहरुबाट पनि बचाउँछ । खाली पेटमा फलफूलहरुको सेवन गर्नु स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ ।
खाली पेटमा खाएको फलफुलले पाचन स्वास्थ्य राम्रो हुन्छ । कब्जियतबाट छुटकारा पाइन्छ । जान्नुहोस् कुन—कुन फल खाली पेटमा खाँदा राम्रो हुन्छ ।
१. किबी
किबी बिहान खाँदा धेरै फाइदा हुन्छ । यसमा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यसले पाचनतन्त्र स्वस्थ राख्दछ । डेंगुको बिरामीको लागि किबी निकै लाभदायक छ ।
२. स्याउ
स्याउ स्वास्थ्यका लागि बरदानभन्दा कम छैन । यसले तौललाई कन्ट्रोल गर्दछ । यसमा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यदि तपाईं कब्जियतको समस्यामा हुनुहुन्छ भने बिहान खाली पेटमा नियमित स्याउ खानुहोस् ।
३. अम्बा
अम्बा खाली पेटमा खानु ज्यादा फाइदाजनक हुन्छ । यसमा भएको फाइबरले कब्जियतबाट राहात दिन्छ । यसमा बिटा क्यारोटिन पनि पाइन्छ । जसले आँखाको स्वास्थ्य राम्रो बनाउँछ ।
४. अनार
अनारमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट र एन्टीइफ्लामेटरीको गुण पाइन्छ । अनारलाई खाली पेटमा खाँदा धेरै फाइदा हुन्छ । यसले शरीरमा हुने आइरनको कमीलाई पूरा गर्छ ।
५. मेवा
बिहान खाली पेटमा मेवा खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यो फल बिहान बिहान खाली पेटमा खाँदा स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ । यसले शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्छ । साथै, कोलस्ट्रोलको लेवल पनि कम हुन्छ ।
एजेन्सीको सहयोगमा