२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यआँखा पाक्ने रोगबाट बच्ने ७ उपाय

आँखा पाक्ने रोगबाट बच्ने ७ उपाय


वर्षायाममा किटाणु, ब्याक्टेरिया सक्रिय भएर भाइरल रोगहरु लाग्ने गर्छन् । त्यही भाइरल रोगहरुमध्ये एक आँखा पाक्ने रोग पनि हो । यो रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

यसले बालबालिकादेखि युवा र वृद्धासम्मलाई असर गरेपनि सबैभन्दा धेरै असर बालबालिकालाई नै गर्छ । आँखा पाक्ने रोगको प्रमुख कारण वर्षायाम यसका किटाणु सक्रिय हुनु हो । दिन प्रति दिन यो रोगका बिरामी बढ्दै गएका छन् ।

आँखा पाक्ने रोग लाग्दा आँखा पूरै रातो हुने, आँखामा जलन हुने, विहान उठ्ला आँखा जेलिने, चिप्रा आउनेजस्ता लक्षणहरु देखिन्छन् । हामीले आफ्नो सरसफाइमा ध्यान दिदा पनि यो रोग लाग्ने सम्भावना धेरै कम हुन्छ ।

१. समय—समयमा साबुन पानीले हात धुने ।
२. बिहान उठ्दा आँखामा चिप्रा लागेर आँखा बन्द भएको छ भने कपासलाई मनतातो पानीमा डुबाएर आँखा सफा गर्ने ।
३. आँखामा चिसो वा तातो दुवै तरिकाको दिनमा ३—४ पटक सेक्ने ।
४. चिकित्सकको सल्लाहअनुसार आई ड्रपको प्रयोग गर्ने । किनकि यसमा स्टेरोइडहरु हुन्छन् । जुन कति मात्रामा प्रयोग गर्नुपर्छ भन्ने कुरा डक्टरलाई मात्र थाहा हुन्छ ।
५. आँखा पोल्ने वा चिलाउँदा हुँदा पनि आँखा नमिच्ने ।
६. आँखा पाकेको बिरामीबाट टाढा बस्ने ।
७. आँखा पोकेको बिरामीले प्रयोग गरेको रुमाल वा तौलिया प्रयोग नगर्ने ।

-एजेन्सीहरुको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ