२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यअनुहारको बोसो हटाउने ८ उपायहरु

अनुहारको बोसो हटाउने ८ उपायहरु


आजभोली बदलिदो जीवनशैली र खराब खानपानले तौल बढ्ने समस्या धेरै मान्छेहरुमा देखिन्छ । तर, मान्छेहरु तौल कम गर्न डाइटिङ र व्यायाम गर्छन् । डाइटिङ र व्यायामले तौल घटाउन शरीरको केही भागलाई राम्रो फाइदा दिन्छ । तर, अनुहारको बोसो कम गर्न धेरै उपयोगी छैन ।

शरीरको बोसो कम गर्ने प्रयास सबैले गर्छन् । बोसो कम गर्न विभिन्न व्यायाम र डाइट गर्छन् । यसले हात–खुट्टाको बोसो त कम हुन्छ । तर, पेट र अनुहारको बोसो कम गर्न धेरै गाह्रो हुन्छ । अनुहारमा धेरै बोसो जम्दा अनुहारको सुन्दरतालाई बिगार्न सक्छ । सजिलै अनुहारको बोसो कम गर्न केही खास टिप्सहरु छन् । जसको चर्चा तल गरिएको छ ।

१. पानी पर्याप्त मात्रामा पिउने
दिनमा धेरै पानी पिउने प्रयास गर्नुहोस् । यदि तपाईं हाइडे«टेड रहनु भयो भने खानाको लालसामा नियन्त्रण गर्न सक्नुहुन्छ । साथै, शरीरका विषाक्त पदार्थहरु पनि बाहिर निस्किन्छ । जस कारण तौल घट्ने छ र अनुहारको बोसो पनि कम गर्न सकिन्छ ।

२. क्यालोरी कम गर्नुहोस्
यदि तपाईं यस्तो चिज खानुहुन्छ । जसमा क्यालोरी कम मात्रामा छ भने यसबाट सजिलै अनुहारको बोसो घटाउन सक्नुहुन्छ । साथै अभ्यास पनि गर्नुहोस् ।

३. चिनी र नुनको प्रयोग कम गर्नुहोस्
धेरै चिनी र धेरै नुन स्वास्थको लागि राम्रो हुँदैन् । अनुहारको बोसो हटाउन सबै भन्दा जरुरी चिनी र नुनको प्रयोग कम गर्नु हो ।

४. व्यायाम
बोसो कम गर्न दैनिक व्यायाम गर्नुहोस् । जस्तैः साइकलिङ, स्विमिङ गर्नुहोस् । यसले शरीरको बोसो कम गर्न मद्दत गर्दछ ।

५. अनुहारको व्यायाम गर्नुहोस्
अनुहारको बोसो कम गर्नको लागि अनुहारको व्यायाम गर्नुपर्छ । अनुहारको व्यायामले अनुहारको मांशपेशी बलियो र कसिलो हुन्छ । साथै, अनुहारमा रक्त सञ्चार पनि बढ्छ ।

६. पर्याप्त निन्द्रा
दैनिक कम्तिमा पनि ७ घण्टा सुत्नु आवश्यक छ । पर्याप्त निन्द्राले शरीर स्वस्थ रहन्छ र काम पनि राम्रोसँग गर्न सकिन्छ । पर्याप्त निन्द्राले तौल बढ्न दिँदैन् ।

७. रक्सी र धुम्रपान छोड्नुहोस्
रक्सी र धुम्रपान सेवन गर्न छोड्दिन्होस् । रक्सी र धुम्रपान छोड्नाले अनुहारमा चमक आउँछ र अनुहारको बोसो पनि बढ्दैन् ।

८. अनुहारको मसाज गर्नुहोस्
मसाज गरेर अनुहारको बोसो सजिलै हटाउन सकिन्छ । मसाजले अनुहारको रक्तसञ्चार बढाउँछ, जसकारण छाला चम्किलो हुन्छ । मसाजले अनुहारको बोसो पनि कम गर्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ