२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यशंखुमा नागरिकको निःशुल्क स्वास्थ्य शिविर

शंखुमा नागरिकको निःशुल्क स्वास्थ्य शिविर


बनेपा—काभ्रेको शंखुस्थित पाटीचौरमा हेल्थपोष्टमा नागरिक सामुदायिक अस्पतालले एकदिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शनिबार भएको उक्त शिविरमा १५० जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा विभिन्न रोगहरुको स्क्रीनिङ, मुटु र स्त्री तथा प्रसुति रोग सम्बन्धि सेवा दिइएको थियो । स्क्रीनिङ गरिएका बिरामीहरुलाई थप विशेषज्ञ सेवाहरु प्रदान गरिएको थियो ।

शिविरलाई आईसीटी नेपाल, शंखेश्वरी नारी चेतना बचत तथा ऋण सहकारी, महालक्ष्मी कृषि सहकारी, शंखु हेल्थपोष्ट धुलिखेलको समन्वयमा गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ