२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यआँखा पाक्ने रोगको रोकथाममा सरकारलाई सहयोग गर्न नेपाल अप्थाल्मीक सोसाइटी तयार

आँखा पाक्ने रोगको रोकथाममा सरकारलाई सहयोग गर्न नेपाल अप्थाल्मीक सोसाइटी तयार


काठमाडौं—नेपाल अप्थाल्मीक सोसाइटीले देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग तीव्र गतिमा फैलिरहेको बताएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै उसले यो रोग रोकथामको लागि नेपाल सरकारले चाल्ने कदममा साथ दिनसमेत आव्हान गरेको छ ।

नेपाल अप्थाल्मीक सोसाइटीले दिन प्रतिदिन बढ्दै गएको आँखा पाक्ने रोगप्रति समयमै सावधानी नअपनाए यसले महामारीको प्रकोप लिन सक्ने बताएको छ ।

आँखा पाक्ने रोग साधारणतयाः एक्युट भाइरल कन्जनटिभाइटिसका कारण हुन्छ । यो भाइरस वर्षाको समयमा बढी सक्रिय हुन्छ । आँखा पाक्दाः आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखा हेर्न अप्ठयारो हुने, आँशु बग्ने र कचेरा आउनेजस्ता लक्षणहरु देखिने सोसाइटीले जनाएको छ ।

उसले आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले यसबाट बच्न सरसफाइमा विशेष ध्यान दिन, बिरामीले प्रयोग गरेको रुमाल र तौलिया प्रयोग नगर्न, चस्माको प्रयोग गर्न, आँखा छुनुअघि साबुन पानीले हात धुन र अनाअवश्यक भिडभाडमा नजान आग्रह गरेको छ ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ