२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्यमन्त्री बस्नेत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हन्नाबीच भेट

स्वास्थ्यमन्त्री बस्नेत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हन्नाबीच भेट


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच भेटवार्ता भएको छ । सोमबार मन्त्री बस्नेत र हन्नाबीच स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेट भएको हो।

भेटघाटका अवसरमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हन्नाले आवश्यक सहयोग र सहकार्य जारी रहने बताइन् ।

मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुलाई धन्यवाद दिदैं भविष्यमा पनि सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ