२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यधेरै महको सेवनले हुने ४ साइड इफेक्ट

धेरै महको सेवनले हुने ४ साइड इफेक्ट


महमा एन्टीअक्सिडेन्ट र अक्सिडेन्ट दुवैका गुणहरु भरपूर मात्रामा पाइन्छ । आयुर्वेदमा महलाई औषधीका रुपमा प्रयोग गरिन्छ । मह सेवनका धेरै फाइदा छन् भने महको धेरै सेवनले ठूलो नोक्सान पनि हुन सक्छ ।

स्वास्थ्यका लागि मह धेरै फाइदाजनक छ । यसमा प्राकृतिक चिनी पाइन्छ । जसले शरीरलाई धेरै फाइदा दिन्छ । चिनीमा ग्लुकोज, एसिडजस्तो पोषक तत्वहरु पाइन्छ ।

तर, आवश्यकताभन्दा धेरै मह खाँदा स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छ । धेरै महले पाचनमा समस्या आउन सक्छ । अरु पनि धेरै स्वास्थ्य समस्याहरु आउन सक्छ । धेरै महको सेवनले हुन सक्ने स्वास्थ समस्याहरुको चर्चा तल गरिएको छ ।

डायबिटीज बिरामीको लागि हानिकारक
महमा चिनी र कार्बोहाइड्रेड भरपुर मात्रामा पाइन्छ । यदि तपाईं जरुरतभन्दा ज्यादा महको सेवन गर्नुहुन्छ भने यसले ब्लड सुगर बढ्न सक्छ । यस कारण डायबिटीजको बिरामीले अधिक मह सेवन गर्नुहुँदैन ।

पेट सम्बन्धि समस्या
यदि तपाईंलाई कब्जियतको समस्या भएको छ भने डाइटमा कम महको सेवन गर्नुहोस् । महको अधिक सेवनले पाचन प्रणलीको समस्यालाई बढावा दिन सक्छ ।

तौल बढ्न सक्छ
यदि तपाईं तौल घटाउन वा कन्ट्रोल गर्न चाहनुहुन्छ भने खानामा महको मात्रा कम गर्नुहोस् । यसमा चिनी र कार्बोहाइडे«ड अधिक मात्रामा पाइन्छ । जसले तपाईंको वजन बढाउन सक्छ ।

दाँत क्षय हुने
महमा चिनी अधिक मात्रामा हुन्छ । अदि तपाईं जरुरतभन्दा ज्यादा मह खानु हुन्छ भने दाँतसँग सम्बन्धित समस्या हुन सक्छ । यसले दाँतको क्षयलाई बढावा दिन्छ ।

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ